बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युत आपूर्तिमा सहजता, भारतले बढायो आयातको समय

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १८ २०८२
विद्युत आपूर्तिमा सहजता, भारतले बढायो आयातको समय

नदी–नालामा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रका जलविद्युत आयोजना मार्फत उत्पादित विद्युतको मात्रा उल्लेख्य रूपमा बढेको छ।

काठमाडौं- नदी–नालामा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रका जलविद्युत आयोजना मार्फत उत्पादित विद्युतको मात्रा उल्लेख्य रूपमा बढेको छ।

विद्युत उत्पादनमा आएको वृद्धि र छिमेकी भारतबाट आयातको समयावधि थपिएसँगै औद्योगिक क्षेत्रमा भइरहेको विद्युत कटौती न्यूनीकरण हुने भएको छ।

भारतको इन्डियन इनर्जी एक्स्चेन्ज  मार्फत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै आयात भइरहेको ६०० मेगावाट विद्युतको आपूर्ति समयावधि मे १ (आज) देखि थप चार घण्टाका लागि विस्तार गरिएको हो। यसअनुसार भारतबाट अब विहान २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आयात हुनेछ। यस व्यवस्थाले औद्योगिक उपभोक्ताहरूले विहान २ बजेदेखि साँझ ५ बजेसम्म मागअनुसारको विद्युत प्राप्त गर्ने सुनिश्चित भएको छ।

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित, भरपर्दो तथा स्थायीत्वपूर्ण विद्युत आपूर्तिलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। हाल आन्तरिक उत्पादनले सम्पूर्ण माग धान्न नसकेको परिस्थितिमा भारतबाट अधिकतम मूल्यमा विद्युत आयात गरिने प्राधिकरणको भनाइ छ। यसले उद्योग क्षेत्रमा देखिएको समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्राधिकरणले नेपालका औद्योगिक उपभोक्ताको विद्युत आवश्यकताप्रति सकारात्मक सहयोग गरेको भन्दै भारत सरकारप्रति आभार प्रकट गरेको छ।

वर्षा ऋतुको आगमनसँगै उत्पादन अझै बढ्ने अपेक्षा गरिएको र विद्युत आपूर्तिमा थप सहजता आउने अनुमान गरिएको छ।


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend