बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

काेभिडले समस्यामा परेकाे अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

बिहीबार , वैशाख १८ २०८२
काेभिडले समस्यामा परेकाे अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्रलाई लयमा ल्याउन व्यवसायी र उद्यमीहरूकाे याेगदान महत्वपूर्ण रहेकाे उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बताए।

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले काेभिडले समस्यामा परेकाे अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेकाे बताएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसकाे अवसरमा नयाँ बानेश्वरमा आयाेजित बृहत् खुला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले अर्थतन्त्रका सूचकांकहरु अहिले सकारात्मक देखिएकाे बताए। अर्थतन्त्रलाई लयमा ल्याउन व्यवसायी र उद्यमीहरूकाे याेगदान रहेकाे उनको भनाइ छ।

काेभिडका कारण अर्थतन्त्रमा सेडब्याक भएकाे थियाे। यसलाई लयमा ल्याउन व्यवसायी, उद्याेगीहरू र नेपालकाे समग्र अर्थतन्त्रकाे विकासमा रुचि राख्नेहरू सबै मिलेर अघि बढेकै कारण अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाे छ', उनले भने।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले स्वास्थ्य शिविर आयाेजना हुनु सकारात्मक रहेकाे धारणा राखे। 'स्वास्थ्यमा पहुँच नहुने र तत्काल परीक्षण गर्नुपर्ने बिरामीहरूका लागि नि:शुल्क स्वास्थ शिविरकाे महत्व छ,' उनले भने।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघकाे आयाेजनामा भएकाे साे कार्यक्रममा बाग्मति प्रदेशका आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सांसद दिपेन्द्र श्रेष्ठसहित स्थानीय जनप्रतिनिधिकाे उपस्थिति थियाे। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend