बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

कोशीमा सुरु भयो लगानी सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन

बिहीबार , वैशाख १८ २०८२
कोशीमा सुरु भयो लगानी सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन

लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा गरिएको छ।

विराटनगर- कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

‘लगानी गर्न समयानुकूल वातावरण छ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारले 'कोशी लगानी सम्मेलन, २०८२' आयोजना गरेको हो।

दुईदिने लगानी सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन मद्दत पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन्।

सम्मेलनमा प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ बराबरका ७१ परियोजना सार्वजनिक गरेको छ। कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार र सूचना प्रविधिसहितका परियोजनाहरू समेटिएको सम्मेलनमा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता हुने बताइएको छ।

लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा गरिएको छ।

प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend