शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

यातायात व्यवस्था कार्यालय हेटौँडाले नौ महिनामा उठायो ४५ करोड राजस्व

images
बिहीबार , वैशाख १८ २०८२
images
यातायात व्यवस्था कार्यालय हेटौँडाले नौ महिनामा उठायो ४५ करोड राजस्व

चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट मात्रै सात करोड आठ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

बागमती- यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को नौ महिनाका अवधिमा ४५ करोड ६६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार पाँचसय ९० रूपैयाँ राजस्व  संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।

images
images

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीनसय १४ रूपैयाँ, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुईसय ९९ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट सात करोड १५ लाख ७६ हजार नौ सय ९२, संघीयतातर्फ तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ तथा बेरुजुबाट आठ हजार दुईसय ५० रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

यस्तै, चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो/ई-रिक्सा ६ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीनसय ५१ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एकसय ६१ गरी पाँच हजार तीनसय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

यस्तै, सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीनसय ९९ वटा सवारीसाधन दर्ता गरेको थियो। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend