शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

images
बिहीबार , वैशाख १८ २०८२
images
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

आयोजनाको चरण-१ अन्तर्गत बाँधलगायत संरचना निर्माण भइरहेको छ। यस चरणअन्तर्गतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ।

images
images

दमौली- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ।

images
images
images

चरण-१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो।

images
images

ऋषिङ-१ र व्यास नगरपालिका-५ का गरी एकसय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एकसय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनका अनुसार बाँकी परिवारको रकम वितरणको प्रक्रियामा छ।

images
images

भण्डारीले क्षति भएका घरको अनुगमन पश्चात अधिकतम तीन लाख र न्यूनतम दश हजार रूपैयाँ क्षतिपूर्तिबापत रकम तोकिएको जानकारी दिए। उनले भने, 'जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ। ६ प्रतिशत परिवारले मात्रै रकम बुझ्न बाँकी छ।'

संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो। सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य छन्। 

आयोजनाको चरण-१ अन्तर्गत बाँधलगायत संरचना निर्माण भइरहेको छ। यस चरणअन्तर्गतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ। हालसम्म ४२ दशमलव पाँच प्रतिशत प्रगति भएको प्रमुख भण्डारीले उल्लेख गरे। यसअन्तर्गत एकसय ४० मिटर अग्लो बाँध निर्माण गर्न पूर्वतयारीका कार्य भइरहेका छन्।

भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने, टावर क्रेन जडानलगायत कार्य सम्पन्न गरिएको छ। उनले भने, 'बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ।' रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend