बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

९२ लाख लागतको लुङ्दीखोला सिँचाइ आयोजना निर्माण सम्पन्न, अब बाह्रैमास सिँचाइ सुविधा

बिहीबार , वैशाख १८ २०८२
९२ लाख लागतको लुङ्दीखोला सिँचाइ आयोजना निर्माण सम्पन्न, अब बाह्रैमास सिँचाइ सुविधा

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजार रूपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो।

पर्वत- जलजला गाउँपालिका-७ धाइरिङमा सञ्चालित लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजार रूपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो। 

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ।

आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए। रासस

प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend