बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अन्तर्राष्ट्रिय वित्त निगमका प्रतिनिधिसँग उद्योग वाणिज्य महासंघमा भेटवार्ता, आईएफसी र महासंघबीच सहकार्यमा जोड

बिहीबार , वैशाख १८ २०८२
अन्तर्राष्ट्रिय वित्त निगमका प्रतिनिधिसँग उद्योग वाणिज्य महासंघमा भेटवार्ता, आईएफसी र महासंघबीच सहकार्यमा जोड

आईएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथले नेपालको आर्थिक विकासमा नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्न आईएफसीका तयार रहेको बताए।

काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ।

आईएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालबीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्ता भएको थियो।

सो अवसरमा बोल्दै आईएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथले नेपालको आर्थिक विकासमा नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्न आईएफसीका तयार रहेको बताए।

उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमहरूको क्षमता विकास, र युवाहरूका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकार्य गर्न सकिने बताए।

महासंघका उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आईएफसीको सहयोग प्रति आभार व्यक्त गरे। 

'सन् २०२२ मा महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको 'नेपालको निजी क्षेत्रको अवस्थासम्बन्धी प्रतिवेदनलाई विशेष महत्वको रूपमा लिएका छौँ। उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ', उपाध्यक्ष ढकालले भने।

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रहरूमा उल्लेखनीय योगदान गरेको बताउँदै आईएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुगने बताए।

उनले ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवर्द्धन, डिजिटल रूपान्तरण, र साना तथा मझौला उद्योगको क्षमता विकासजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखे।


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend