बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

बिहीबार , वैशाख १८ २०८२
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

'श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'जय श्रमिक, जय देश!'

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई शुभकामना व्यक्त गर्दै श्रमिकको पसिना र समर्पणले देश अगाडि बढेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको श्रमले समाज बाँचिरहेको र राष्ट्रको प्रगति सम्भव भएको उल्लेख गरेका छन्।

श्रमिकको सामाजिक सुरक्षाका लागि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उल्लेख गर्दै उनले प्रारम्भमा योजना प्रति व्यङ्ग्य र आलोचना सहनुपरेको स्मरण गराएका छन्।

'आज ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै, २० लाखभन्दा बढी श्रमिकले सामाजिक सुरक्षा योजनाबाट भरोसा पाएका छन्,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ।'

प्रधानमन्त्रीले छोराछोरीको उज्यालो मुहार र आमाबुबाको निर्धक्क जीवन श्रमिकको घरमा ल्याउन आफूहरू सफल हुँदै गएको उल्लेख गर्दै श्रमिकको योगदानको उच्च कदर गर्न सबैमा आग्रह गरेका छन्।

'श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'जय श्रमिक, जय देश!'


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend