काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (२०७५ वैशाख १८ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा रहेको छ।
राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानाडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा तोकिएको छ।
एशियाली मुद्रातर्फ जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम गरिएको छ।
युएई दिरामको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, कुवेती दिनारको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा तथा ओमनी रियालको खरिददर ३५० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, थाई भाटको खरिददर ४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, दक्षिण कोरियन वन (१००) को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तथा हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा तोकिएको छ
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्नेछ भने आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जानकारी समेत दिइएको छ।