शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीको अर्थपूर्ण इन्ट्री

images
बुधबार, वैशाख १७ २०८२
images
गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीको अर्थपूर्ण इन्ट्री
images
images

काठमाडौं- आज बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

images
images
images

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा गभर्नर अधिकारीलाई ल्याइएको हो।

images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिस समितिको बैंठक नै राख्न नसकेको भन्दै भट्टराईले राजीनामा दिएका थिए। 

images
images

सिफारिस समितिले पूर्णता नपाउदा गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको थियो। अधिकारीलाई सिफारिस समितिमा ल्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

कायम मुकायम गभर्नर निलम ढुंगानाले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरिरहेको समयमा अधिकारीको समितिमा प्रवेशले ढुंगानाको नाम सिफारिसमा नपर्ने खतरा बढेको छ।

उनले आफैंले राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरिसकेकाले डेपुटी गभर्नरमा बमबहादुर मिश्रमात्रै बाँकी रहेका छ्न्।त्यसैले डेपुटी गभर्नरबाट मिश्रको नाम सिफारिसमा पर्ने सम्भावना बढेको छ।

सिफारिस समितिले ढुंगानाको नाम सिफारिस नगरेमा उनले पदबाट राजीनामा दिनुपर्ने नैतिक दबाबसमेत बढ्ने छ।

नेपाली काङ्ग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउनु पर्ने अडान लिँदै आएको छ। भट्टले राजीनामा दिएकै आधार सर्वोच्च अदालतमा परेको पुरक रिट निवेदन सर्वोच्च अदालतले बुधबार छलफल नै आवश्यक नरहेको भन्दै प्रारम्भिकरुपमै खारेज गरिदिएको छ। अदालतले सफाइ दिएपनि कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्। यद्यपि राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशक पनि गभर्नर बन्नसक्ने र राजीनामा अनिवार्य नहुने व्यवस्था गरेको छ।

अधिकारीको इन्ट्रीले राष्ट्र बैंक पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालको नाम सिफारिसमा पर्नेसक्ने सम्भावना बढेको आंकलन हुन थालेको छ।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२२३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend