शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

लक्ष्मी ईमोबिलिटी र जीओ अटोमोबाइल्सले जिते केईको ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

images
बुधबार, वैशाख १७ २०८२
images
लक्ष्मी ईमोबिलिटी र जीओ अटोमोबाइल्सले जिते केईको ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

केई अटोको ५० क्षेत्रीय वितरकहरुमध्येबाट जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले गएको वर्ष उत्कृष्ट पर्फमेन्स गरेका थिए। सोही आधारमा नेपालका दुई कम्पनीले ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड जित्न सफल भएका हुन्।

images
images

काठमाडौं- केई अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड जितेका छन्। 

images
images
images

चीनमा भएको केई अटो ग्लोबल बिजनेस कन्फ्रेन्स २०२५ मा विश्वभरका सवारी बिक्रेताहरुमध्येबाट लक्ष्मी ईमोबिलिटी र जीओ अटोमोबाइल्सले उक्त अवार्ड जितेका हुन्। 

images
images

केई अटोको ५० क्षेत्रीय वितरकहरुमध्येबाट जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले गएको वर्ष उत्कृष्ट पर्फमेन्स गरेका थिए। सोही आधारमा नेपालका दुई कम्पनीले ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड जित्न सफल भएका हुन्। 

images
images

केई अटोले उक्त कार्यक्रमलाई इन्टरनेसनल कोल्याबोरेसन, रणनीतिक नेटवर्किङ र उत्साहपूर्ण ग्लोबल साझेदारीलाई प्राथमिकतामा राखेर गरेको जनाएको छ।

केई अटोले गरेको उक्त सम्मानबाट नेपाली बजारमा लक्ष्मी ईमोबिलिटी र जीओ अटोमोबाइल्सले गरेको कार्यको प्रशंसा भएको दुवै कम्पनीको भनाइ छ। केईका विद्युतीय कार नेपाली उपभोक्तामाझ लोकप्रिय हुँदै गएको र उपभोक्ताको सन्तुष्टिमा जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले महत्वपूण भूमिका खेलेको कम्पनीको भनाइ छ। 

योसँगै केईले उत्पादन गरेको सवारीको लाइनअप अब नेपाली बजारमा उपलब्ध गराउने तयारी लक्ष्मी ईमोबिलिटी र जीओ अटोमोबाइल्सले गरेका छन्। हाल नेपाली बजारमा केईका एक्सथ्री प्रो, इक्युट टु र इक्युट फोर उपलब्ध रहेका छन्।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend