शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

अमेरिकासँगको व्यापार युद्ध उत्कर्षमा हुँदा चीनले दियो अर्को 'सरप्राइज'

images
बुधबार, वैशाख १७ २०८२
images
अमेरिकासँगको व्यापार युद्ध उत्कर्षमा हुँदा चीनले दियो अर्को 'सरप्राइज'

घरेलु प्रविधि कम्पनीहरूले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सकून् भनेर चीन सरकारले चिप विकासमालाई प्राथमिकता दिएको छ। विश्वकै उत्कृष्ट प्रविधिमा पहुँच सीमित हुँदा पनि चीनले अस्वभाविक परिणाम दिँदै आएको छ।

images
images

काठमाडौं- नयाँ प्रविधिको विकासमा चिनियाँ गतिमा ब्रेक लगाउन भन्दै पछिल्लो सात वर्षदेखि अमेरिकाले विभिन्न अवरोध खडा गर्दै आएको छ।

images
images
images

अघिल्लो पटक राष्ट्रपति हुँदै डोनाल्ड ट्रम्पले चीनमाथि विभिन्न प्रतिबन्ध लगाइदिएका थिए। जसलाई उनले दोस्रोपटक राष्ट्रपति हुँदा तीव्र बनाएका छन्। 

images
images

विशाल भन्सार महसुल लगाइदिएर चीनमाथि अघोषित आर्थिक प्रतिबन्ध लगाउन खोजेको अमेरिका तथा पश्चिमा मुलुकलाई चीनले अर्को सरप्राइज दिएको छ। यसअघि नै फाइभजी स्मार्टफोन बनाएर चकित बनाएको चीनले अत्याधुनिक एआई चीप बनाएको छ। 

images
images

चिनियाँ कम्पनी हुवावेले सेमी अटो एआई चीप बनाएर पनि डेलिभरी दिन थालिसकेको छ। यस्तो चीपमा चिनियाँ कम्पनीहरू पनि अमेरिकी कम्पनीमाथि नै निर्भर थिए। त्यही निर्भरता हेरेर अमेरिकाले शक्त कडाइ गरेको थियो। अमेरिकी चिप कम्पनी एनभिडियालेमात्र विकास गर्नसक्ने र उसको एकछत्र रहेको बजारमा चिनियाँ कम्पनी हुवावेले चीप बनाइदिएको छ। 

सयौँ एआई प्रोसेसरलाई एकसाथ संयोजन गर्दै कम्प्युटिङमा सहयोगी हुने भनिएको हुवावेको यो चीप अहिले डेटा सेन्टर तथा एआई कम्पनीका लागि उपलब्ध छ। यसले गर्दा अमेरिकी प्रतिबन्धको प्रहार मत्थर हुने विश्वास गरिएको छ। यसअघि डीपसिकले पनि सस्तो र काम लचाउन चीपमै आधारित भएर शक्तिशाली एआई मोडल विकास गरेको थियो। 

चीनको यो विकासका कारणले गर्दा एनभिडिया चीप अब सायद चीनमा आउने छैनन्। यसले गर्दा नोक्सान चीनभन्दा पनि एनभिडियालाई नै हुने देखिएको छ। यही महिनामात्र ५ अर्ब डलरभन्दा माथिको आम्दानी उसले गुमाउने प्रक्षेपण गरिएको छ। 

घरेलु प्रविधि कम्पनीहरूले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सकुन् भनेर चीन सरकारले चिप विकासमालाई प्राथमिकता दिएको छ। विश्वकै उत्कृष्ट प्रविधिमा पहुँच सीमित हुँदा पनि चीनले अस्वभाविक परिणाम दिँदै आएको छ।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend