बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जीकर ९ लक्जरी ईभी सार्वजनिक, जीकर सेभेन एक्स छिट्टै नेपाल आउने

मंगलबार, वैशाख १६ २०८२
जीकर ९ लक्जरी ईभी सार्वजनिक, जीकर सेभेन एक्स छिट्टै नेपाल आउने

प्रिमियम एसयूभी खोज्ने उपभोक्तालाई मध्यनजर गर्दै जीकरले सेभन एक्स मोडल नेपाली बजारमा ल्याउन लागिएको पायोनियर मोटो कर्पले जनाएको छ। कम्पनीले नेपाल ल्याउने सेभन एक्स प्रिमियम एसयूभी हो।

काठमाडौं- विद्युतीय सवारीमा प्रिमियम ब्रान्डका रुपमा स्थापित जीकरले अटो सांघाई २०२५ मा अब्बल विलासी विद्युतीय कार सार्वजनिक गरेको छ। जीकर ९ निकै आकर्षक र अत्याधुनिक प्रविधियुक्त एमपीभी हो। यो कारले अटो सांघाईमा आउने धेरैको ध्यान खिचिरहेको छ। 

सांघाई अटो शोमा जीकरले जीकर ९, जीकर सेभेन एक्स, जीकर एक्स, जीकर वान, जीकर एमआईएक्स, जीकर सेभेनलगायत कार प्रदर्शनीमा राखिएका छन्। त्यस्तै नेपाली बजारमा उपलब्ध रहेको जीकर एक्स पनि राखिएको छ।

पायोनियर मोटो कर्पले नेपाली बजारमा जीकरका प्रिमियम विद्युतीय कार उपलब्ध गराउँदै आएको छ। कम्पनीले हाल जीकर एक्स बिक्री गर्दै आएको छ। अब कम्पनीले जीकर सेभेन एक्स ल्याउने तयारी गरेको छ।

प्रिमियम एसयूभी खोज्ने उपभोक्तालाई मध्यनजर गर्दै जीकरले सेभन एक्स मोडल नेपाली बजारमा ल्याउन लागिएको पायोनियर मोटो कर्पले जनाएको छ। कम्पनीले नेपाल ल्याउने सेभन एक्स प्रिमियम एसयूभी हो।

अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो सफलता हात पारेको सेभेनएक्स मोडल मिड साइज फ्यामली एसयूभी हो। जीकरले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो व्यापार गर्दै आएको सेभेन एक्स नेपालमा पनि राम्रो व्यापार गर्ने सम्भावना भएको एसयूभीका रुपमा हेरिएको छ।

जीकर सेभेन एक्स रियर ह्वील ड्राइभमा ७५ किलोवाट आवरको ब्याट्री प्याक छ जसले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। नेपाली बजारमा आउने जीकर सेभेन एक्स मोडलमा कुन साइजको मोटर हुन्छ हालसम्म यकिन भइसकेको छैन। 

zeekr stall.jpg

जीकरले सेभेन एक्समा १६ इन्चको मल्टी मिडिया इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ। यसमा इन्स्ट्रुमेन्ट क्लष्टर भने १३ इन्चको रहेको छ। ३६.२ इन्चको आकर्षक र ठूलो आकारको हेडअप डिस्प्ले उपलब्ध जीकर सेभेन एक्स निकै आकर्षक मोडलका रुपमा रहेको छ।

यो कारको ड्यासबोर्ड निकै स्मुद र अत्याधुनिक छ। अटो डिमिङ रियर भिजन मिरर, पावर एड्जस्टेबल स्टेरिङ ह्वील, एक्टिभ एयर सस्पेन्सन, लेदर सिट, एम्बियन्ट लाइटजस्ता विशेषताले यो कारको क्याबिनलाई प्रिमियम र लग्जरी बनाएको छ। 

यसको एक्सटेरियर डिजाइन पनि उत्कृष्ट छ। क्लिन बडी, एरोडाइनामिक डिजाइन, पिक्सेल एलइडी लाइटबार, थ्रीडी स्टाइल लाइट फिटिङ, क्लोजअफ ग्रिललगायत आकर्षक विशेषता हुन्। दुई एलईडी हेडलाइटको बीचमा दिइएको जीकरको लोगोले गाडीलाई अझै क्याची देखिएको छ।  

जीकरले ८ सय भोल्ट आर्किटेक्चरमा बनाएको सेभेन एक्सले ४ सय ८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ। यसले एसी चार्जर पनि २२ किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीले जनाएको छ। 

विलासी ईभी जीकर ९ शोकेस 

जीकरले आफ्नो विलासी विद्युतीय एमपीभी गतसातादेखि सांघाईमा सुर भएको अटो सांघाई २०२५ मा सार्वजनिक गरेको हो। 

जीकरको ९ एक्सले एकपटकको फुल चार्जमा ५ सय ८३ किलोमिटर कुदाउन सकिने दाबी कम्पनीको छ। यो विद्युतीय कारमा १ सय १६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

zeekr 9.jpg

जीकर एक्स ९ निक्कै शक्तिशाली एसयूभी हो जसले ४.५ सेकेण्डमै शून्यदेखि १ सय किलोमिटरको दुरी तय गर्न सक्ने कम्पनीले जनाएको छ। यो ईभीमा रहेको डुवल मोटरको स‌युक्त पावर ६ सय ३ एचपी रहेको छ।

जीकर ९ एक्सको लम्बाई ५२ सय ९ एमएम, चौडाई २ हजार २४ एमएम, उचाई १८ सय १२ एमएम र ह्वीलबेस ३२ सय ५ एमएम रहेको छ। 


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend