बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सांघाईमा देखिएको लिपमोटर बीटेन : नेपाल मोबिलिटी एक्सपोमा आइपुग्ने

सोमबार, वैशाख १५ २०८२
सांघाईमा देखिएको लिपमोटर बीटेन : नेपाल मोबिलिटी एक्सपोमा आइपुग्ने

बीटेन एसयूभीमा ६७.१ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ। यसले सिंगल चार्जमा ६ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

काठमाडौं- स्टेलेन्टिस समूहअन्तर्गत रहेको लिपमोटरले अटो सांघाई २०२५ मा लिपमोटर बीटेन एसयूभी प्राथमिकताका साथ प्रदर्शनीमा राखेको छ। हाल नेपाली बजारमा उपलब्ध सीटेनभन्दा केही सानो आकारको बीटेन नेपालमा आगामी साउनमा नेपाल मोबिलिटी शोमा सार्वजनिक हुने भएको छ।

हाल चीनमा जारी सांघाई अटो शोमा देखाइएको बीटेन नेपालमा ४ महिनापछि आउने पक्का भएको नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले जनाएको छ।

लीपमोटरले सांघाई अटो शोमा देखाएको बीटेन चाँडै विश्व बजारमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। ‘लीप ३.५ आर्किटेक्चर’ मा बीटेन कम्पनीको पहिलो बी-सेग्मेन्ट एसयूभी हो।

leapmotor b10 shangai.jpg

बीटेन एसयूभीमा ६७.१ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ। यसले सिंगल चार्जमा ६ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। बीटेन ५६.२ किलोवाट आवरको ब्याट्री प्याकमा पनि आउने छ। यसमा १ सय ३२ र १ सय ६० किलोवाट मोटर अप्सन आउने छ।

लीपमोटरले बीटेन एसयूभीको ककपिटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग गरेको छ। इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमसहित आउने बीटेन एसयूभीले लिपमोटर्सको बिक्रीलाई थप उचाइमा पुर्‍याउने विश्वास कम्पनीको छ।

यसमा के कस्ता विशेषताहरु उपलब्ध हुनेछन् भन्ने बारेमा कम्पनीले अहिलेसम्म कुनै जानकारी बाहिर ल्याएको छैन। नेपाल मोबिलिटी एक्सपोमा नेपाल आउने भएकाले सोही समयमा सांग्रिला मोटर्सले यसका विशेषताहरु तथा मूल्य सार्वजनिक गर्नेछ। 


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend