बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओमोडा/जेइकोले देखायो ओमोडा थ्री : आकर्षक लुक्स, यस्तो छ बिक्री योजना

सोमबार, वैशाख १५ २०८२
ओमोडा/जेइकोले देखायो ओमोडा थ्री : आकर्षक लुक्स, यस्तो छ बिक्री योजना

अहिले बजारमा रहेको ओमोडा ई-फाइभभन्दा केही लामो ओमोडा थ्री विशेषगरी किया ईभी-थ्रीसँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउने अनुमान गरिएको छ। नयाँ क्रसओभर ओमोडा थ्री एसयूभीको लम्बाइ ४४ सय २० एमएम रहनेछ।

काठमाडौं- चेरी ग्रुप अन्तर्गतको ओमोडा/जेइको ब्राण्डले नयाँ विद्युतीय कार ओमोडा थ्री पहिलोपटक सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो ग्लोबल डिलर कन्फ्रेन्समा ‘ओमोडा थ्री’ एसयूभी देखाएको हो। 

कम्पनीले देखाएको नयाँ क्रसओभर एसयूभी युवा उपभोक्तालाई लक्षित गरेर तयार पारेको कम्पनीको भनाइ छ। युवाहरुले चाहने डिजाइन थिम विशेषतालाई प्राथमिकतामा राखेर ओमोडा थ्रीको डिजाइन बनाइएको कम्पनीको भनाइ थियो।

ओमोडा थ्री कम्पनीले विश्व बजारलाई नै ध्यानमा राखेर बनाएको छ। अहिले बजारमा रहेको ओमोडा ई-फाइभभन्दा केही लामो ओमोडा थ्री विशेषगरी किया ईभी-थ्रीसँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउने अनुमान गरिएको छ। नयाँ क्रसओभर ओमोडा थ्री एसयूभीको लम्बाइ ४४ सय २० एमएम रहनेछ।

चेरी अटोमोबाइलले ओमोडा/जेइको ब्राण्डलाई प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउने नीति लिएको छ। कम्पनीले आफ्नो डिलरहरुलाई सन् २०२६ को सुरुवातसँगै नयाँ ओमोडा थ्री बिक्रीको लागि तयार रहन आग्रह गरेको छ।

ओमोडाले यो कार चीनमा २०२५ को अक्टोबरमा चीनमा यो कार बिक्रीका लागि सार्वजनिक गर्ने तयारी गरेको छ। २०२६ को सुरुवातमै यो कार राइट ह्यान्ड ड्राइभमा पनि तयार भइसक्ने अनुमान गरिएको छ। नेपालसहित अन्य राइट ह्यान्ड ड्राइभ बजारमा ओमोडा थ्री २०२६ सम्ममा बिक्रीका लागि उपलब्ध हुनेछ। 

कम्पनीले ओमोडा थ्रीको विशेषता ब्याट्रीलगायत विषयमा जानकारी दिएको छैन। तर ओमोडाले यसको डिजाइन ल्याङग्वेज, डिजिटल ग्राफिक्ससहितको ड्यासबोर्ड र स्टारसिप ककपिट, ठूलो स्क्रिनलगायतका कुरा डिलर कन्फ्रेन्समा सार्वजनिक गरेको थियो।

नेपाली बजारमा एसपीजी अटोमोबाइलले बिक्री गर्दै आएको ओमोडा/जेइको ब्राण्डका कार निकै सफल छन्। नेपालमा बिक्री सुरु गरेको पहिलो वर्ष नै ओमोडा ई फाइभ र जेइको जे सिक्स दुई मोडल ८ सयवटा भन्दा धेरै बिक्री भइसकेको छ।

कम्पनीले चाँडै थप मोडलहरु बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीका अनुसार जेइको भी-२३ र जे फइभ, जेइक जे सेभेन हाइब्रिड कार आगामी नेपाल मोबिलिटी एक्पोमा नेपाली बजारमा आउने छन्। 


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend