बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चेरी अटोमोबाइलबाट एसपीजी अटोमोबाइलले पायो 'ईभी पायोनियर अवार्ड'

सोमबार, वैशाख १५ २०८२
चेरी अटोमोबाइलबाट एसपीजी अटोमोबाइलले पायो 'ईभी पायोनियर अवार्ड'

चीनको उहूमा जारी चेरी अटोमोबाइलको बिजनेस समिट २०२५ मा एसपीजी अटोमोबाइलले ईभी पायोनियर अवार्ड प्राप्त गरेको हो।

काठमाडौं- एसपीजी अटोमोबाइलले ईभी पायोनियर अवार्ड प्राप्त गरेको छ। चीनको उहूमा जारी चेरी अटोमोबाइलको बिजनेस समिट २०२५ मा एसपीजी अटोमोबाइलले ईभी पायोनियर अवार्ड प्राप्त गरेको हो। 

एसजीपी अटोमोबाइल प्रालिले नेपाली बजारमा चेरी अटोमोबाइल र उसले उत्पादन गरेका अमोडा एन्ड जेइको ब्रान्डका विद्युतीय कार उपलब्ध गराउँदै आएको छ।

विश्वभरका ६० भन्दा बढी देशबाट ३ हजार डिलर प्रतिनिधिहरु चीनको उहूमा उपस्थित छन्।

oj award.jpeg

चीनको अन्ह्वी प्रान्तको उहूमा चेरी अटोमोबाइलको केन्द्रीय कार्यालय तथा उत्पादन प्लान्टहरु छन्। 

२०२४ मार्चमा ओमोडा ब्रान्ड ई-फाइभ विद्युृतीय एसयूभी मोडलसहित नेपाली बजारमा प्रवेश गरेको थियो। त्यसपछि एसपीजीले सेप्टेम्बरमा भएको नाडा अटो शो २०२४ मा सोही ब्रान्डअन्तर्गको अर्काे अफ रोड विद्युतीय एसयूभी जेइको जे सिक्स नेपाल ल्याएको थियो।

oj award1.jpeg

ओमोडा ब्रान्ड नेपाल भित्रिएको १ वर्ष पुगेको अवसरमा एसपीजी अटोमोबाइल्सले ८ सय ५० वटा ओमोडा र जेइकोको विद्युतीय एसयूभी बिक्री गर्न सफल भएको थियो। 

यही पर्फमेन्सका आधारमा एसपीजी अटोमोबाइलले चेरी अटोमोबाइलबाट उक्त अवार्ड प्राप्त गरेको हो। 


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend