शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

आफ्नो ‘बेडरुमसम्म बिचौलियाको पहुँच छ’ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती

images
आइतबार, वैशाख १४ २०८२
images
आफ्नो ‘बेडरुमसम्म बिचौलियाको पहुँच छ’ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती

प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज-सरम पचाएर यस्ता आरोप लगाएको बताएका हुन्।

images
images

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ’ भनेर लाञ्छित गर्नेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

images
images
images

मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज-सरम पचाएर यस्ता आरोप लगाएको बताएका हुन्। 

images
images

साथै देशमा एमाले र नेपाली कांग्रेसको सहभागीतामा सरकार बन्नु समयको आवश्यकता भएको समेत उनले बताए। राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको उनको भनाइ छ।

images
images

‘एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ, त्यसैले हामी सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ’ प्रधानमन्त्री ओलीले भने।

साथै कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको पनि उनकाे भनाइ छ। रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend