शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रधानमन्त्रीको टिप्पणी- सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन्

images
शनिबार, वैशाख १३ २०८२
images
प्रधानमन्त्रीको टिप्पणी- सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन्

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले गल्न थालेका बताएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले गल्न थालेका बताएका छन्।

images
images
images

शनिबार नेकपा (एमाले) संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रमको पछि नलागेर आफ्ना काम र ‘मिसन’मा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयले यथार्थ जानकारी दिएको छ।

images
images

प्रधानमन्त्री ओलीले भने, ‘सरकार बाङ्गिसक्यो, शेरबहादुरजी फर्केपछि ढल्छ भनेर भनेका थिए। मैले सांसदहरूलाई पहिले नै भ्रममा नपर्न र आफ्नै मिसनमा लाग्न भनेको थिएँ। अहिले शेरबहादुरजीले सरकार नढल्ने भनेपछि भ्रम फैलाउनेहरू गल्न थालेका छन्। एउटै कुरा पटकपटक खोज्न आवश्यक छैन।’

images
images

प्रधननमन्त्री ओलीका अनुसार दुई ठूला दलको सहकार्यमा बनेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ। ‘सबैले आफ्नो ध्यान बजेटमा केन्द्रित गर्नुपर्छ, हल्लाको पछि लाग्नु हुँदैन’, उनले भने।

प्रधानमन्त्री ओलीले प्रतिगमनकारीहरूले आन्दोलनका नाममा हिंसात्मक र संविधानविरोधी गतिविधि गरिरहेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन्। अवाञ्छित गतिविधि नियन्त्रणका लागि सरकार कानुनी कार्यवाहीमा पछि नपर्ने उनले बताएका छन्।

एमसीसी परियोजना अमेरिकी पक्षबाट बन्द भएको विषयमा प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालले आफ्नो विकासका लागि अरूको आशामा नभई आफैं अघि बढ्नुपर्छ।’

उनले ‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्ति निर्माणमा आन्तरिक एकता र सहकार्य अपरिहार्य रहेको बताए। साथै उनले पार्टी दस्तावेजहरू गहिरो अध्ययन गरी परिस्थिति बुझेका आधारमा मर्यादित, सुसंस्कृत र तथ्यमा आधारित ढंगले संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन्।

रासस


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend