शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सत्ताइस वर्षअघि ट्र्याक खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १३ २०८२
images
सत्ताइस वर्षअघि ट्र्याक खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी भएको छ।

images
images

काठमाडौं- सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी भएको छ।

images
images
images

बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो।

images
images

सडक डिभिजन कार्यालय बागलुङमार्फत 'एक निर्वाचन क्षेत्र, एक सडक' आयोजनाअन्तर्गत रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो। कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटर सडकमा कालोपत्र गर्न लागिएको बताए।

images
images

'एक किलोमिटर दुई सय मिटर सडक ढलान भइसकेको छ,' पौडेलले भने, 'थप दुई सय मिटर ढलान र तीन किलोमिटर सडक कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ।'

नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिबाट कालोपत्र र ढलान गरिने तयारी गरिएको छ।

विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्दै आएका छन्। पहिले एक घण्टा लाग्ने यात्रा अहिले २० मिनेटमै सकिने भएको छ।

उक्त योजना निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीसँग २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुनसम्म थपिएको छ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको र वित्तीय प्रगति ५९ प्रतिशत पुगेको छ। निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट नहुँदा पनि थपिएको समयभित्रै योजना सम्पन्न गर्ने तयारी रहेको बताए।

चालु आर्थिक वर्षमा विनियोजन भएको चार करोड रुपैयाँ खर्च भइसकेको र थप बजेटको लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरिएको सडक डिभिजनले जनाएको छ।

संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एकवटा रणनीतिक सडक आयोजना सञ्चालन गर्न ४०–४० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट गरिएको हो। संघीय सरकारकै बजेटबाट रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर सडक कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको छ।

यसैगरी भकिम्ली–बरञ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिएको छ।

रासस


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend