शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

लगानीकर्ताले भरपुर उपयोग गरिरहेको डिजिटलाइज्ड सेयर कारोबार

images
शनिबार, वैशाख १३ २०८२
images
लगानीकर्ताले भरपुर उपयोग गरिरहेको डिजिटलाइज्ड सेयर कारोबार

सूचीकृत संस्थाहरूले दिएको नगद लाभांश पनि सरकारलाई तिर्नुपर्ने राजस्व कट्टागरी सिधै लगानीकर्ताको बैंक खातामा जम्मा हुने व्यवस्थाले पनि सेयर बजार प्रविधिमैत्री भएको प्रस्ट छ।

images
images

काठमाडौं- नेपालको सेयर कारोबार प्रविधिमैत्री बन्दै गएको छ। मेरो सेयर खाता (डिम्याट), सीआरएन नम्बरदेखि ब्रोकर खाता, सेयर राफसाफमा टी प्लस वानसम्मको सुविधाले सेयर कारोबार डिजिटलाइज्ड हुँदै गएको छ।

images
images
images

नेपाल धितोपत्र बोर्ड, फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड, बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल संस्थाहरू र मर्चेन्ट बैंकरहरूको सहयोगमा धितोपत्र कारोबारलाई बढाउँदै लगिएको हो।

images
images

सीडीएससीले मेरो सेयर सञ्चालनमा ल्याएसँगै अनलाइनबाटै कम्पनीहरूले निष्कासन गरेको प्राथमिक सेयरमा आवेदन दिन, सेयर परेको वा नपरेको जानकारी लिन, कुल अभौतिकीकरण सेयरको जानकारी लिन, दोस्रो बजारबाट खरिद बिक्री गरिएका सेयर सेटलमेन्ट वा ईडीआईएस अनलाइनबाटै सम्भव भएको छ। यसले गर्दा सेयर कारोबार सहज र सुविधाजनक भएको छ।

images
images

नेप्सेमा सेयर कारोबारका लागि सूचीकृत संस्थाहरूले दिएको बोनस सेयर पनि सिधै जम्मा हुने व्यवस्थाले सेयर कारोबार झन्झटरहित र प्रविधियुक्त बन्दै गएको छ।

यस्तै सूचीकृत संस्थाहरूले दिएको नगद लाभांश पनि सरकारलाई तिर्नुपर्ने राजस्व कट्टागरी सिधै लगानीकर्ताको बैंक खातामा जम्मा हुने व्यवस्थाले पनि सेयर बजार प्रविधिमैत्री भएको प्रस्ट छ।

सीडीएससीको मेरो सेयर खाता बैंक तथा वित्तीय संस्थाहरूले सहजैरुपमा उपलब्ध गराउँछन्। बैंकहरूले आफ्नै प्रणाली वा धितोपत्र बोर्डबाट अनुमति लिइ सञ्चालन गरिरहेका आफ्ना साहयक कम्पनी मर्चेन्ट बैंकर (क्यापिटल)बाट सेवाग्राहीले खाता खोल्दा नै उपलब्ध गराउँछन्।

यसका साथै लगानीकर्ताहरूले सिधै मर्चेन्ट बैंकरमा गएर पनि मेरो सेयरको सुविधा लिन सक्छन्। बैंक तथा वित्तीय संस्था वा मर्चेन्ट बैंकरले उपलब्ध गराउने सीआरएन कोड र पिन कोडका आधारमा मेरो सेयर खाता लगानीकर्ताले सहजै सञ्चालन गर्न सक्छन्।

बैंक खाता खोल्दा उपलब्ध गराइएको केवाईसीको विवरण मेरो सेयरका लागि पनि पर्याप्त हुन्छ। मेरो सेयरका आधारमा नेप्सेबाट अनुमति प्राप्त ब्रोकर संस्थामा गइ ब्रोकर खाता ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)को सुविधा लिएर दोस्रो बजारमा पनि अनलाइन माध्यमबाटै लगानी गर्नसक्ने सुविधा विकास भइसकेको छ।

नेप्से, प्रविधि कम्पनी वाईको, ब्रोकर कम्पनी र सीडीएससीसँग समन्वय गरी ब्रोकरहरूले सञ्चालन गर्ने टीएमएसमा अनलाइनबाटै सेयर खरिद बिक्री गर्ने सुविधा लगानीकर्ताले उपयोग गरिरहेका छन्।

ब्रोकरले ईसेवा, कनेक्ट आईपीएस र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाटै फन्ड लोड गर्ने सुविधा दिइरहेका छन्। यसले सेयर खरिद बिक्रीका लागि ब्रोकर कम्पनीमा गएर चेक जम्मा वा चेक बुझ्नुपर्ने झन्झटबाट लगानीकर्ता सधैँका लागि मुक्त भएका छन्।

ब्रोकरलाई तिर्नुपर्ने रकम र ब्रोकरले दिने भुक्तानी सिधै अनलाइन माध्यमबाट लगानीकर्ताको बैंक खातामा जम्मा हुने भएपछि लगानीकर्ताको समयसमेत बचत भएको छ।

इन्टरनेटको सहज पहुँच र स्मार्ट फोनको बढ्दो प्रयोग र सेयर कारोबार प्रविधिमा आधारित हुँदै गएकाले कारोबार डिजिटलाइज्ड बन्दै गएको छ।

टीएमएसमा आधारित दोस्रो बजार कारोबार व्यवस्थित छ। फेसलेस र मूल्यमा भएको उत्तरचढावका आधारमा खरिद वा बिक्री गर्न सकिने सुविधा दिएकाले सेयर लगानीकर्ताहरूले विवादरहित कारोबार गर्दै आएका छन्।

खाता खोल्नेबाहेकका ९५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेकाले छिटो र सहज सेयर कारोबार हुन थालेको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रबाबु सिजापति बताउँछन्। एकपटक केवाईसी भेरिफाइ भइसकेपछि संसारको जुनसुकै ठाउँबाट पनि नेपालको सेयर कारोबार गर्न सकिने सिजापतिले बताए।

‘केवाईसीबाहेक ९५ प्रतिशत सेयर कारोबार डिजिटल प्रविधिबाटै हुने भएकाले छिटो र सहज कारोबार हुन थालेको छ। डिजिटल कारोबार सुरु भएसँगै सेयर कारोबार पनि बढेको छ। प्रविधिमैत्री कारोबार सुरु भएसँगै नयाँ लगानीकर्ता सेयर बजारमा थपिएका छन्। डिम्याट खाता खोलेपछि संसारभरबाट नेपालको सेयर बजारमा लगानी गर्न सकिन्छ’, सिजापतिले बताए।

लगानीकर्ताहरू पनि अनलाइन माध्यमबाट सेयर कारोबार भएकमा खुसी देखिन्छन्। कहिलेकाहिँ प्राविधिक समस्या आउँदा 'म्यानुपुलेसन'को खतरा भएपनि अनलाइन प्रणालीले गर्दा ब्रोकरसँगको परनिर्भरता घटाएको सेयर लगानीकर्ता सविना चनोसा बताउँछिन्।

‘सेयर खरिद बिक्री अनलाइन भएसँगै कारोबार गर्न सहज र सरल भएको छ। टीएमएसमा प्राविधिक समस्या आउँदा कहिलेकाहिँ म्यानुपुलेसनको जोखिम भएपनि ब्रोकरसँग परनिर्भरता कम भएको छ’ उनले बताइन्।

कोभिड १९ को समयमा टीएमएस प्रविधिको प्रयोग तीब्ररुपमा बढेको थियो। डिजिटल भुक्तानी सेयर कारोबार जोडिएसँगै सेयर राफसाफ गर्नसमेत सहजता भएको थियो। अन्य क्षेत्र पूर्णरुपमा ठप्प रहेको समयमा विवेकशील लगानीकर्ताहरूले सेयर बजारमा लगानी गरी राम्रो प्रतिफल प्राप्त गर्न सफल भएका थिए। यही समयमा नेपालको सेयर बजार अलटाइम हाइ ३२०० को बिन्दुमा पुगेको थियो।

कोभिडको समयमा विदेशमा गरेका नेपालीले समेत लगानी गरेकाले त्यससमयमा २० अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएको थियो। सेयर बजारमा भइरहेको प्राविधिक विकासले लगानीकर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुका साथै झन्झटरहित कारोबारमा सहयोग मिलिरहेको छ। 


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend