शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

यस्ता ट्रेन्ड जसले बदलिरहेको छ अटोमोबाइल क्षेत्रको भविष्य

images
शनिबार, वैशाख १३ २०८२
images
यस्ता ट्रेन्ड जसले बदलिरहेको छ अटोमोबाइल क्षेत्रको भविष्य

कारको पर्फर्मेन्समा सुधार ल्याउन र प्रयोगकर्तालाई नयाँ प्राविधिक विकासको सुविधा दिन सफ्टवेयर नियमित रुपमा अपडेट गर्नुपर्ने हुन्छ। यो ट्रेन्डले सन् २०२५ मा गति लिनेछ।

images
images

काठमाडौं- अटोमोबाइल बजार अहिले अत्याधिक परिवर्तनको संघारमा छ। यस्तो ट्रान्सफर्मेसनको चरणमा जसलाई दीर्घकालीन सोच र डिजिटलाइजेसनले मलजल गरिरहेको छ। अटोमोबाइल वृत्तलाई वातावरणीय, सामाजिक र गभर्नेन्स मापदण्डले स्वरुप दिनेमा कुनै द्विविधा छैन र डेटा अहिले भविष्यको ‘इन्धन’ बनेको छ। 

images
images
images

अबको विश्व बलियो ढंगमा विद्युतीय र कनेक्टेड कारको युगमा प्रवेश गरिरहेको छ। अटोमोबाइल क्षेत्रका अग्रजहरूसँग आफ्नो ब्रान्ड र कम्पनीलाई रिपोजिसन गर्ने अवसर छ। भविष्यको यातायातका लागि तयार रहनका लागिमात्र होइन यसलाई स्वरुप दिन सक्रिय भूमिका निर्वाह गर्नु पनि छ।

images
images

अबको सवारी सवारीमात्र नभइर ‘डिभाइस’कै रुपमा अघि आउने प्रशस्त संकेतहरू देखिइसकेका छन्। कारमात्र होइन कमर्सियल सवारीदेखि दुईपांग्रे हुँदै उड्ने ट्याक्सीसम्मलाई अब प्रविधिले डोर्‍याउँदै छ। 

images
images

आर्टिफिसियल इन्टेलिजेन्स

डीप लर्निङ, मेसिन लर्गिङ र कम्प्युटर भिजन जस्ता एआई प्रविधिले अटोमोटिभ क्षेत्रको फ्युचर ट्रेन्डमा रोबोटिक अटोमेसन एप्लिकेसनको पहिचान गरेको छ।

एआईले अटोनमस कारलाई निर्देश गर्छ, चालकलाई सुरक्षामा सहयोग गर्छ, कारको फ्लिटलाई व्यवस्थापन गर्छ र इन्स्योरेन्स तथा निरिक्षण जस्ता सेवालाई सुध्रिढ बनाउँछ। यसबाहेक एआईले अटोमोबाइल उत्पादनको एप्लिकेन, उत्पादन दर पत्ता लगाउनुका साथै खर्च कटौतीमा सहयोग गर्नेछ। 

अझ च्याटबटले त मानव संसाधनलाई कम गराइदिएर ग्राहक सेवामा पनि सहयोग गरिदिन्छ। एआईले कारसँग ड्राइभरले गर्ने अन्तरक्रियाको प्याटर्न नै परिवर्तन गर्दैछ। ह्युमन मेसिन इन्टरफेस (एचएमआई)ले गाडीलाई व्यवस्थापन गर्न र चलाउन भ्वाइस बेस्ड फिडब्याक प्रयोग गर्छ र ड्राइभिङ एक्सपिरियन्सलाई अझ धेरै सुरक्षित र रमाइलो बनाइदिन्छ। 

विद्युतीय क्रान्ति

विद्युतीय सवारीसाधनले विश्व अटोजगतमा झण्डा गाडिसकेको छ र यो वर्षको अन्तसम्ममा यसले महत्वपूर्ण कोशेढुंगा पार गर्ने अपेक्षा गरिएको छ। एक आँकलनअनुसार सन् २०२५ मा ३ करोड विद्युतीय सवारीसाधनको बिक्री हुनेछ जुन कुल बिक्रीको ३० प्रतिशत हुन आउँछ। यसलाई विभिन्न कुराले सहयोग गरिरहेको छ।

पहिलो कुरा जलवायु परिवर्तन र वायुप्रदुषणप्रति बढ्दो चिन्ता जसले सरकारहरूलाई प्रदूषणसम्बन्धी कठोर कानून लागु गर्न दबाब बढिरहेको छ। ‘जिरो इमिसन’ र कम अपरेटिङ कस्टले अटोमोबाइल जगतलाई विद्युतीय गाडी प्रतिको महत्वलाई बढाइरहेको छ। र, विश्वभर यो पारम्परिक इन्टरनल कम्बस्चन इन्जिनको दीर्घकालिन विकल्पका रुपमा आविस्कारहरू भइरहेको छ। 

अझ ब्याट्री प्रविधिको विकासले रेन्ज एन्जायटीलाई पनि सम्बोधन गरिरहेको छ। चार्जिङ पूर्वाधारको निर्माणले ईभी अझ बढी व्यवहारिक र आकर्षक विकल्प बनिरहेको छ। सन् २०३० सम्ममा वार्षिक ७ करोड ईभी बिक्री हुने प्रक्षेपण गरिएको छ जुन कुल बिक्रीको ६० प्रतिशत हुनेछ।

automotive trends it 082.jpeg

अटोनमस ड्राइभिङको उदय

यो वर्ष हरेक सडकमा पूर्ण रुपमा स्वचालित कार त नदेखिएला तर सन् २०२६ मा अटोनमस ड्राइभिङ प्रविधिमा महत्वपूर्ण विकास हुनेछ। हामीले यो वर्ष लेभल थ्री अटोमेसन भने सामान्य बनेको देख्नेछौँ। 

लेभल ३ सिस्टममा कारले अधिकांश ड्राइभिङ टास्क निश्चित अवस्थामा आफैं नियन्त्रण गर्न सक्नेछ तर ड्राइभर भने सचेत र जरुरी अवस्थामा नियन्त्रणमा लिन तयारी अवस्थामा रहनु पर्नेछ। यो प्रविधिले कन्भिनेन्स र सुरक्षामा नयाँ तह प्रदान गर्नेछ, विशेषगरी लामो राजमार्ग यात्रा वा स्टप एन्ड गो ट्राफिकमा।

यसका अलावा कार निर्माताले थप विकसित एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) ल्याउनेछ जसले अटोमेटिक इमर्जेन्स ब्रेकिङ, लेन डिपार्चर वार्निङ र सुध्रित एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता महत्वपूर्ण अत्याधुनिक विशेषतहरूलाई लिन सकिन्छ। 

सन् २०२५ मा अटोनमस कार बजारको आकार ४७.८४ अर्ब डलर र सन् २०३० सम्ममा १३३.३२ अर्ब डलर पुग्ने मोर्डर इन्टेलिजेन्सले उल्लेख गरेको छ।  

कनेक्टेड कार र इन्टरनेट अफ थिङस

कारहरू एकआपसमा धेरै सम्पर्कमा हुन थालिसकेको छ जसले उनीहरूलाई इन्टरनेट अफ थिङसमा रोलिङ हबमा परिणत गरिरहेको छ। कनेक्टेड कारहरू क्लाउडमा विना बिच्छेद सम्पर्कमा रहेनछ जसले रियल टाइम ट्राफिक अपडेट, रिमोट डायग्नोस्टिक र व्यक्तिगत रुट प्लानमा पनि सहयोग गर्नेछ। 

सोच्नुस् त तपाईँको कारले ट्राफिक जामलाई हटाउन वैकल्पिक बाटो प्रयोग गर्छ वा आवश्यक पर्नेवित्तिकै स्वचालित रुपमा मर्मतका लागि अप्वाइन्मेन्ट लिनेछ। 

भेहिकल टु एभ्रिथिङ (भीटूएक्स) सञ्चार अझ गेम चेन्जर बन्नेछ। कारहरूले एक अर्कासँग, ट्राफिक लाइटसँग र अझ बटुवाका स्मार्टफोनसँग सञ्चार गर्न सक्नेछन् जसले ट्राफिक व्यवस्थापनमा मद्दत गर्नेछ र दुर्घटनालाई घटाउन सकयोग गर्नेछ। 

फाइभ जी प्रविधि थपिएपछि कार बोल्ने सुपरकम्प्युतरमा परिणत हुनेछ जसले वायरलेस नेटवर्क बनाउनुका साथै रियलटाइम ट्राफिक पूर्वाधारसँग अन्तरक्रिया गर्न सक्नेछ। यसका लागि कारमा सन् २०२५ को अन्तसम्ममा इन्टरनेट अफ थिङस फिक्स गरिने अपेक्षा छ। फाइभ जीबाट सिक्स जीमा पुग्दा यो कति एडभान्स्ड होला त्यो अहिले नै यकिन गर्न कठीन हुन्छ।

इन-कार पर्सनलाइजेसन

यो वर्ष इन कार एक्सपिरियन्स थप वैयक्तिक र अन्तरक्रियात्मक भएर आउनेछ। अग्मेन्टेड रियालिटी (एआर) ड्यासबोर्डले विन्डसिल्डमा सीधा सूचना, नेभिगेसन र सुरक्षा सचेतना प्रोजेक्ट गर्नेछ। रियल रोड सिनमा हरेक घुम्तिको सूचना र सम्भावित खतराको सूचना दिन्छ। यसले कार चालकहरूलाई सजिलोमात्र गराउने छैन, झन्झट मुक्त पनि गराउने छ। 

बायोमेट्रिक अथेन्टिकेसनले भौतिक चावीको आवश्यकतालाई निर्मूल गर्नेछ। हरेकले आफ्नो फिङगरप्रिन्ट वा फेस स्क्यान वा भ्वाइस अथेन्टिकेसनबाट नै कार स्टार्ट गर्न सक्ने छन्। अत्याधुनिक बायोमेट्रिक सेन्सले ड्राइभर र प्यासेन्जरलाई चिन्नेछ र स्वतः सिटको पोजिसन, मिरर एंगल र इन्फोटेन्मेन्ट सेटिङ मिलाउनेछ। 

मनोरञ्जनका लागि कार इन्टेरियरलाई कम्फोर्ट र कनेक्टिभिटीलाई ध्यानमा राखेर डिजाइन गरिनेछ। साथै यसमा प्रिमियम साउन्ड सिस्टम, हाइ स्पिड इन्टनेटर एक्सेर र चर्चित स्टिमिङ सर्भिस पनि जोडिएको हुनेछ। यी सबै सुविधाले कारको इन्टेरियरलाई कारको चालकको डिजिटल लाइफको एक्सटेन्सन बनाउनेछ। कम तथा मनोरञ्जनका लागि उचित बनाउनेछ। 

सफ्टवेयर डिफाइन्ड भेहिकल र ओभर द एअर अपडेट

कारहरूबीचको कनेक्सन त हुन्छ नै सफ्टवेयर डिफाइन्ड कारहरू (एसडीभी) दीर्घकालिन पर्फर्मेन्सका लागि हार्डवेयर मोडिफिकेसन भन्दा पनि बढी सफ्टवेयर अपग्रेडमा निर्भर हुन्छ। कारहरूले ब्रेकिङ, ड्राइभिङ, मनोरञ्जन जस्ता सबै फंसनहरूमा सफ्वेयर लगाएको हुन्छ र यस्ता कारलाई सफ्टवेयर डिफाइन्ड भेहिकल भनिन्छ। 

कारको पर्फर्मेन्समा सुधार ल्याउन र प्रयोगकर्तालाई नयाँ प्राविधिक विकासको सुविधा दिन यो सफ्टवेयर नियमित रुपमा अपडेट गर्नुपर्ने हुन्छ। यो ट्रेन्डले सन् २०२५ मा गति लिनेछ। अबको एक दुई वर्षमा यस्ता विशेषताले भरिएका कारहरू आम पहुँचमा पुग्ने अनुमान छ। 

यसबाहेक पारम्परिक कारले पार्टस सर्टेज जस्ता कारणले रिकल डिले हुने समस्याको सामना गर्नु परिरहेको हुन्छ। ल्यापटप वा स्मार्टफोनमा झैं आभेर द एअर (ओटीए) अपडेटमार्फत यस्ता एसडीभी समयसमयमा अपडेट, मोडिफाइ र इन्ह्यान्स गर्न सकिनेछ। 

ओटीए अपडेटले अटोमोबाइल जगतमा क्रान्ति ल्याउनेछ। यसले बगलाई फिक्स गर्ने, पर्फर्मेन्समा सुधार ल्याउनुका साथै टाढैबाट नयाँ क्षमताहरू थप्न सकिनेछ। यसले पुरानो कारमा पनि नयाँ जस्तै सिमलेस र पर्सनलाइज्ड ड्राइभिङ एक्सपिरियन्स दिनेछ।

विगतका वर्षहरूमा कारमा विशेषता थपिन वा अत्याधुनिक बनाउन लामो समयको पर्खाइ जरुरी थियो। तर आर्टिफिसियल इन्टेलिनेन्स (एआई)को विकाससँगै मानव खोज र अनुसन्धाले सुपर कारकै स्पीड पकडिसकेको छ। सोहीकारण अबको दुई तीन वर्षमा हामीले अहिले अनुमान गरेभन्दा निक्कै अब्बल विशेषता र प्रविधि सवारीसाधनमा आउन सक्नेछन्। 


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend