शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही, ९ वर्षसम्म बनेन संरचना

शुक्रबार, वैशाख १२ २०८२
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही, ९ वर्षसम्म बनेन संरचना

दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो।

बागलुङ- निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल ९ वर्षदेखि अलपत्र भएका छन्। जिल्लाकाे ढोरपाटन नगरपालिका-५ स्थित अस्तु-ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका-७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो। भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो। उक्त पुलको हालसम्म ३५ प्रतिशतमात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ।

त्यस्तै दरमखोला पुल २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो। तर हालसम्म यो पुलको काम ४० प्रतिशतमात्र भएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि दुई करोड १६ लाख रुपैयाँ र दरमखोलाको पुलका लागि तीन करोड ३२ लाख रुपैयाँमा निर्माणमा सम्झौता छ। अहिलेसम्म निर्माण भएका संरचना जिर्ण छन्। तीनको अवस्था काम नलाग्ने रहेको प्राविधिकहरू बताउँछन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend