बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय विद्युतमन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओली

बुधबार, वैशाख १० २०८२
भारतीय विद्युतमन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएकाे हाे।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत् र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ। 

पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा छलफल भएको थियो। भारतीयमन्त्री भट्टरले अरुण–३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत प्रधानमन्त्री ओलीलाई गराएका छन्। साथै उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताएका छन्।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend