शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

भारतीय कम्पनीले निर्माण गर्ने पश्चिमसेती र एसआर-६ परियोजनामा एचआईडीसीएलले करिब ३० अर्ब रूपैयाँ ऋण लगानी गर्ने

images
मंगलबार, वैशाख ९ २०८२
images
भारतीय कम्पनीले निर्माण गर्ने पश्चिमसेती र एसआर-६ परियोजनामा एचआईडीसीएलले करिब ३० अर्ब रूपैयाँ ऋण लगानी गर्ने
images
images

काठमाडौं- पश्चिम सेती र एसआर-६ परियोजना निर्माणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १० प्रतिशत ऋण लगानी गर्ने भएको छ।

images
images
images

दुवै परियोजना भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाइसकेको छ। १२ सय मेगावाट क्षमताका दुई आयोजना निर्माणमा एचआईडीसीएलले पनि ऋण लगानी गर्न लागेको हो। दुई आयोजनाका लागि साढे २ खर्ब हाराहारी लगानी हुँदैछ। जसमा एचआईडीसीएलले करिब ३० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ।

images
images

भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमण आज केही बेरमा नेपाल भ्रमणमा आउँदैछन्। ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्का र भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा आज साँझ एचआईडीसीएल र एनएचपीसीबीच उक्त सम्झौतामा हस्ताक्षर गर्दैछन्।

images
images

भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को मस्यौदा लगानी बोर्डलाई बुझाएर अन्तिम प्रस्ताव तयार पार्दैछ। एनएचपीसीलाई दुई वर्षभित्र अध्ययन गर्न समय दिइएको भएपनि डेढ वर्षभित्रै डीपीआरको मस्यौदा तयार पारेको थियो।

भारतीय कम्पनीले अब ७५० मेगावाट क्षमताको परियोजना निर्माणलाई अगाडि बढाउने छ। एनएचपीसीले गत २०७९ असोज ११ गते अनुमतिपत्रका लागि आवेदन दिएको थियो। गतवर्ष कात्तिकमा अध्ययन अनुमती दिइएको थियो। दुई वर्षभित्र अध्ययन प्रतिवेदन बुझाउने र निर्माण प्रक्रियामा जाने सम्झौता छ। जसका लागि लगानीको सुनिश्चितासमेत कम्पनीले पेश गर्नुपर्ने छ। 

सरकारले सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडलमा निर्माण गर्नेगरी पश्चिमसेती परियोजना अगाडि बढाएको हो।

आयोजना बनाउन यसअघि १ खर्ब ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। २४ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिमसेती निर्माणको जिम्मा लिएको थियो तर १७ वर्षमा १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो।

भारतीय कम्पनी एनएचपीसीले ४५० मेगावाट क्षमताको एसआर-६ आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ। बुढीगंगा र पश्चिम सेतीको तल्लो भाग एसआर-६ भने ४५० मेगावाट क्षमताको रहेको छ। जसमा ९० अर्ब रुपैयाँ हाराहारी लागत अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend