शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ५ २०८२
मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र हुँदै

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ। बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ।

दमौली- मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ। 

व्यास नगरपालिका-२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ। चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। 

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ। बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ।

पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो। अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ। 

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ। यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ। रासस 


प्रकाशित : शुक्रबार, वैशाख ५ २०८२१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend