शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

चार करोड ७० लाख लागतमा धौलागिरिमा तीनवटा लामा झोलुंगे पुल निर्माण थालियो

बिहीबार , वैशाख ४ २०८२
चार करोड ७० लाख लागतमा धौलागिरिमा तीनवटा लामा झोलुंगे पुल निर्माण थालियो

स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका-३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो।

म्याग्दी- धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुंगे पुल निर्माण सुरु भएको छ। स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका-३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो। 

धौलागिरि गाउँपालिका-३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ-धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुईसय ५० रूपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका-४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदीमाथि २५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रूपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend