आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

उत्पादन कर्णालीमा, व्यापार काठमाडौंमा

images
बिहीबार , वैशाख ४ २०८२
images
उत्पादन कर्णालीमा, व्यापार काठमाडौंमा

जैविक कृषि उपजको प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ।

images
images

काठमाडौं- कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ। जैविक कृषि उपजको प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ।

images
images
images

देशका ७५३ वटै पालिकाबाट संकलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ। 

images
images

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो। एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए।

images
images

'कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान  र मौलिक पहिचान भएका वस्तुको प्रवर्द्धन गर्नु बजारको उद्देश्य हो,' दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पुर्‍याउने लक्ष्य सुनाउँदै उनले भने। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend