आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

ठेक्का आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै दबाबस्वरुप सडकमा रोपियो केरा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ४ २०८२
images
ठेक्का आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै दबाबस्वरुप सडकमा रोपियो केरा

सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको स|#र्ष समितिका सदस्य आकाश भण्डारीले बताए।

images
images

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ। ठेक्का आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन्।

images
images
images

पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नाका साथै सडकमा केरासमेत रोपेका थिए। बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको संघर्ष समितिका सदस्य दीपक काफ्लेले बताए।

images
images

'सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ', उनले भने। 

images
images

सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको स|#र्ष समितिका सदस्य आकाश भण्डारीले बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend