आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

बिहानैदेखि वर्षा, तीन दिनसम्म पानी पर्ने सम्भावना

images
बिहीबार , वैशाख ४ २०८२
images
बिहानैदेखि वर्षा, तीन दिनसम्म पानी पर्ने सम्भावना

भारतको उत्तरप्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ। त्यसको प्रभावले बिहीबार बिहान बागमती, कोशी र गण्डकी  प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

images
images

काठमाडौं- देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। साथै भारतको उत्तरप्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ। त्यसको प्रभावले बिहीबार बिहान बागमती, कोशी र गण्डकी  प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

images
images
images

मौसमविद्का अनुसार बिहीबार दिउँसो देशभर वर्षाको सम्भावना रहेको छ। काठमाडौंमा पनि पानी परिरहेको छ। 

images
images

बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

images
images

साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।  

आजदेखि पानी पर्ने नयाँ प्रणालीको प्रभाव भएका कारण आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिए।


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend