शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

मालढुंगा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३ २०८२
images
मालढुंगा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै

पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो।

images
images

म्याग्दी- १३ किलोमिटर लामो मालढुंगा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ। 

images
images
images

मालढुंगा-बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुंगातर्फदेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी-मिलनचोक-लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए। करिब दुई किलोमिटर ढलान पनि गरिएको छ। 

images
images

चार वर्षअघि ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए।

images
images

पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो।
 
हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ। मोहनचोक-लामाखेत-पर्वतबेनी, केराबारी-मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख ३ २०८२०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend