शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पानी जहाज कार्यालयको ६ करोडसहित हुलाकी राजमार्गको पुल निर्माणमा सवा २० करोड रकमान्तर

मंगलबार, वैशाख २ २०८२
पानी जहाज कार्यालयको ६ करोडसहित हुलाकी राजमार्गको पुल निर्माणमा सवा २० करोड रकमान्तर

सम्रगमा फागुन महिनामा हुलाकी राजमार्गको पुल निर्माणमा सवाँ २० करोड रुपैयाँ रकमान्तर भएको छ।

काठमाडौं- अर्थ मन्त्रालयले बजेटमार्फत पानी जहाज कार्यालयका लागि विनियोजन गरेको बजेट रकमान्तर गरेको छ। मन्त्रालयले फागुन महिनामा पानी जहाज कार्यालयको ६ करोड रुपैयाँ बजेट हुलाकी राजमार्गको पुल निर्माणमा रकमान्तर गरेको छ।
 
यसै मन्त्रालयले उत्तर-दक्षिण राजमार्गको ३ करोड २९ लाख रुपैयाँ पनि हुलाकी राजमार्गको पुल निर्माणकै लागि रकमान्तर गरेको छ।

मन्त्रालयले औद्योगिक करिडोरका लागि विनियोजन भएको रकमबाट ११ करोड रुपैयाँ रुपैयाँ पनि हुलाकी राजमार्गकै पुल निर्माणका लागि रकमान्तर गरेको छ।

समग्रमा फागुन महिनामा हुलाकी राजमार्गको पुल निर्माणमा सवा २० करोड रुपैयाँ रकमान्तर भएको छ।


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend