बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इभरग्रिन इनर्जीले विलिङका विद्युतीय माइक्रोबस र फिडी ब्रान्डको ट्रक ल्यायो

आइतबार, चैत ३१ २०८१
इभरग्रिन इनर्जीले विलिङका विद्युतीय माइक्रोबस र फिडी ब्रान्डको ट्रक ल्यायो

४९ सय ८५ एमएम लम्बाइ, १८ सय एमएम चौडाइ र १९ सय ७५ एमएम उचाइ रहेको यो विलिङको १४ सिटे माइक्रोबसको ह्वीलबेस ३ हजार ५० एमएम रहेको छ। यो माइक्रोबसको ग्राउन्ड क्लियरेन्स १ सयस ९० एमएम छ।

काठमाडौं- चिनियाँ विद्युतीय सवारी ब्रान्ड विलिङका विद्युतीय माइक्रोबस पनि नेपाल भित्रिएको छ। उक्त माइक्रोबस बिक्रीका लागि सार्वजनिक हुने क्रममा रहेको छ। 

विलिङको विद्युतीय माइक्रोबस इभरग्रिन इनर्जी एन्ड इनभेस्टमेन्ट प्रालिले आधिकारिक बिक्रेताको रुपमा ल्याएको हो। प्रतिस्पर्धी बजारमा गुणस्तरीय माइक्रोबस ल्याएको कम्पनीले जनाएको छ। 

त्यस्तै इभरग्रिनले फिडी ब्रान्डको धेरै पेलोड भएको विद्युतीय ट्रक पनि नेपाल ल्याएको छ। 

१४ सिट क्षमताको विलिङको विद्युतीय माइक्रोबस रुट तथा स्कुल र अन्य प्रयोजनका लागि उपयुक्त हुनेछ। विलिङ चीनको एसएआईसी समूहअन्तर्गतको कम्पनी भएकाले यसले गुणस्तरमा कुनै सम्झौता नगरेको कम्पनीको भनाइ छ। 

४९ सय ८५ एमएम लम्बाइ, १८ सय एमएम चौडाइ र १९ सय ७५ एमएम उचाइ रहेको यो विलिङको १४ सिटे माइक्रोबसको ह्वीलबेस ३ हजार ५० एमएम रहेको छ। यो माइक्रोबसको ग्राउन्ड क्लियरेन्स १ सयस ९० एमएम छ।

४१.९ किलोवाट आवरको लिथियम आइरन फोसफेट ब्याट्री रहेको यो माइक्रोबसमा ६० किलोवाटको मोटर रहेको छ। यसले २ सय २० एनएम टर्क जेनेरेट गर्छ। १ सय किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको यो माइक्रोबसले एक पटाकको फुलचार्जमा ३ सय २ किलोमिटर रेन्ज दिन एनईडीसीले प्रमाणित गरेको छ। 

विलिङ रेड नम्बर वान ब्याट्री टेक्नोलोजीमा बनेको उत्कृष्ट ब्याट्री यो माइक्रोबसमा प्रयोग गरिएको छ। प्रतिकिलोवाट आवर ७.२१ किलोमिटर रेन्जसहित यो ब्याट्री हालसम्मकै उच्च दक्षतायुक्त भएको दाबी कम्पनीको छ। हाल नेपालमा उपलब्ध १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमध्ये विलिङको माइक्रोबस सबैभन्दा धेरै रेन्ज दिने बताइएको छ। 

feidi e truck.PNG

विलिङको माइक्रोबसमा प्रयोग भएको ब्याट्रीको लाइफ साइकल पनि उत्कृष्ट रहेको दाबी गरिएको छ। यसको ब्याट्रीको लाइफ साइकल ४ हजार सकइकल भएको कम्पनीको भनाइ छ। त्यस्तै हाइ स्ट्रेन्थ स्टिल बडी भएकाले यो माइक्रोबस किन्न बलियोसमेत छ। 

यो माइक्रोबसको ड्यासबोड सफा र सिल्ड डिजाइनयुक्त रहेको छ। बडीको आकार ठूलो भएकाले माइक्रोबस भित्र सिटहरू पनि निकै फराकिला र आरामदायी छन्। विलिङको यो माइक्रोबसमा सुरक्षाका लागि एयरब्याग समेत दिइएको छ। यही सेगमेन्टका अन्य ब्रान्डका माइक्रोबसमा एयरब्याग रहेको पाइँदैन। 

हाल नेपाली बजारमा करिब दुई दर्जन विद्युतीय भ्यान तथा माइक्रोबस उपलब्ध रहेका छन्। विद्युतीय भ्यानको गुणस्तर कमजोर हुँदा र आयातकर्ताले पर्याप्त सर्सिस र स्पेयर पार्टस उपलब्ध गराउन नसक्दा गुनासोहरू सुनिन थालेका छन्। तर विलिङको माइक्रोबस ल्याएको इभरग्रिनले चार्जिङ पूर्वाधारसहित सर्भिस र स्पेयर पार्टसको मामिलामा कुनै कमी आउन नदिने दाबी गरेको छ। 

त्यस्तै इभरग्रिनले फिडी ब्रान्डको विद्युतीय ट्रक ल्याएको छ। नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै पेलोड भएको विद्युतीय ट्रक भएको दाबी कम्पनीले गरेको छ। फिडी ट्रकको पेलोड क्षमता ६ टन रहेको छ। ३ सय एमएम ग्रान्ड क्लियरेन्स र २ सय ८० किलोमिटर रेन्ज दिने यो ट्रकमा १००.२७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 


प्रकाशित : आइतबार, चैत ३१ २०८११०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend