बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बीवाईडी एटो थ्रीकै आकारको गाडीको स्पेयर पार्ट्स निकै सस्तो, यस्तो छ केईको अफर

मंगलबार, चैत २६ २०८१
बीवाईडी एटो थ्रीकै आकारको गाडीको स्पेयर पार्ट्स निकै सस्तो, यस्तो छ केईको अफर

केईले प्रतिस्पर्धी मूल्यमा केई एक्सथ्री प्रो ईभीको मर्मत गरिदिने जनाएको छ। उक्त अफर ल्याउँदै कम्पनीले अब उक्त अफर आएसँगै उपभोक्ताले चिन्ता गर्नुपर्ने समय सकिएको दाबी गरेको छ।

काठमाडौं- विद्युतीय कारको मर्मत तथा स्पेयर पार्ट महँगो भएको चर्चा भइरहँदा केईको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले आफ्ना कारको लागि आवश्यक पर्ने पार्टपूर्जाको मूल्य नै सार्वजनिक गरेको छ। 

जीओ अटोमोबाइलले केईको एक्सथ्री प्रो ईभीमा लाग्ने मुख्य पार्टसहरुको मूल्य सार्वजनिक गरेको छ। कम्पनीले केईको एक्सथ्री प्रो एसयूभी, ईक्युट थ्री र ईक्युट फोर गरी तीन मोडलका विद्युतीय कार बिक्री गर्दै आएको छ। 

केईले भनेको छ ‘हामीलाई थाहा छ धेरै मानिसलाई लागि रहेको कुरा विद्युतीय कारको मर्मत र स्पेयर पार्टसको मूल्य महँगो छ। तर त्यस्तो होइन हामी यहाँ आम बुझाइमा रहेको त्यो कुरा परिवर्तन गर्न आएका छौँ।’

केईले उच्च गुणस्तरीय, विश्वसनीय र तुलनात्मक रुपमा कम मूल्यमा स्पेयर पार्टस उपलब्ध गराउने जनाएको छ। 

केईले प्रतिस्पर्धी मूल्यमा केई एक्सथ्री प्रो ईभीको मर्मत गरिदिने जनाएको छ। उक्त अफर ल्याउँदै कम्पनीले अब उक्त अफर आएसँगै उपभोक्ताले चिन्ता गर्नुपर्ने समय सकिएको दाबी गरेको छ। 

केईको एक्सथ्री प्रो ईभीमा लाग्ने मुख्य ११ पार्टसको मूल्य नै सार्वजनिक गरेको छ। जुन यसअघि सामान्य दुर्घटनामा परेर मर्मत गर्न कोटेसन बनाएर उल्लेख गरिएको बीवाईडी एटो थ्रीको पार्ट्सको मूल्यभन्दा निकै कम रहेको छ।

kaiyi sparparts.jpg

केई एक्सथ्री प्रो ईभीको फ्रन्ट बम्पर अपरको मूल्य २२ हजार ८७ रुपैयाँ, फ्रन्ट बम्पर लोवरको १७ हजार ४ सय ३८, रेयर बम्पर अपर बडी(आरपीएससहित)को ३७ हजार ७ सय १६ रुपैयाँ, रेयर बम्पर लोवर बडीको ९ हजार ५ सय ९२ रुपैयाँ र ब्रेक प्याड(सेट)को १२ हजार ७ सय ८७ रुपैयाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ। 

त्यस्तै जीओ अटोमोबाइलले केई एक्सथ्री प्रोको हेड ल्याम्प एसेम्ब्लीको ७२ हजार ८ सय ९२ रुरपैयाँ तोकेको छ। बीवाईडीले एटो थ्रीको यही पार्टसको मूल्य ९२ हजार रुपैयाँ तोकेर उपभोक्तासँग असुल गरिरहेको छ।

एक्सथ्री प्रोको ब्रेक डिस्कको १० हजार ८ सय २८ रुपैयाँ, साइड मिररको २१ हजार १ सय ३० रुपैयाँ, ब्याक डोर ग्लास एसेम्ब्लीको २४ हजार ९ सय ४ रुपैयाँ, फ्रन्ट विन्डसिल्ड एसेम्ब्लीको २२ हजार ९ सयस ३६ रुपैयाँ र साइड मिरर विथ क्यामेराको ४४ हजार १ सय ६६ रुपैयाँ मूल्य निर्धारण गरेको छ। 

जीओ अटोमो.बायलले आफ्ना केई  एक्सथ्री प्रो ईभी चढ्ने ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा स्पेयर पार्टस उपलब्ध गराएर आरामदायी र झन्झट रहित यात्रा गराउने उद्देश्यले पार्ट्सको मूल्य सार्वजनिक गरेको जनाएको छ।


प्रकाशित : मंगलबार, चैत २६ २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend