बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै, मोदीसँग भेटवार्ता हुने

शुक्रबार, चैत २२ २०८१
प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै, मोदीसँग भेटवार्ता हुने

सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछन्। त्यसपछि बंगालादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेताहरुबाट सम्बोधन हुनेछ। 

सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावातले पत्रकार सम्मेलन गर्नेछन्। 

सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ। 

यी सबै कार्यक्रमहरु बैंककस्थित होटेल साड्ग्रिलामा हुनेछन् । थाइल्यान्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन्। 

बिमस्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। रासस


प्रकाशित : शुक्रबार, चैत २२ २०८१०९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend