सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

सर्बिया पठाइदिने भन्दै पाँच जनाबाट ३२ लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

images
बिहीबार , चैत २१ २०८१
images
सर्बिया पठाइदिने भन्दै पाँच जनाबाट ३२ लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

images
images

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ।

images
images
images

कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

images
images

उनले भने, 'सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट ३२ लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो।'

images
images

पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए। रासस


प्रकाशित : बिहीबार , चैत २१ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend