सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी

images
बुधबार, चैत २० २०८१
images
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी

दुई संस्थाबीच भएको समझदारी पत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधिहरु सहभागी थिए।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ।

images
images
images

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधबार थाइल्याण्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे।

images
images

लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानूनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो।

images
images

विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले गरे। लगानी प्रवर्द्धन गर्न सहयोग गर्ने गरी सरकारले कानूनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिनसक्ने उनले बताए। 

परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकका बीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको जनाएको छ।

दुई संस्थाबीच भएको समझदारी पत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधिहरु सहभागी थिए।


प्रकाशित : बुधबार, चैत २० २०८११२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend