बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदेशबाट दसैँमा घर फर्कंदै हुनुहुन्छ? कुन सामान कति ल्याउन पाइन्छ?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
विदेशबाट दसैँमा घर फर्कंदै हुनुहुन्छ? कुन सामान कति ल्याउन पाइन्छ?

यसरी विदेशबाट नेपाल फर्कनेले केही समान भन्सार छुटमा ल्याउन पाउने छन्। केही सामान भन्सार तिरेर ल्याउन पाउने छन्। तर, काँचो सुन भने भन्सार तिरेर पनि ल्याउन पाइँदैन।

काठमाडौं- दसैँ आउन अब २४ दिन मात्रै बाँकी छ। कोरोना संक्रमणका कारण राजधानीमा लागेको निषेधाज्ञा हटेर जनजीवन सामान्य बनिरहँदा दसैँका लागि विदेशबाट नेपाल फर्कनेको संख्या बढीरहेको छ। 

अहिले काठमाडौंलाई आधार बनाएर उडान गर्दै आएका हवाई कम्पनीहरूले पनि उडान संख्या बढाएका छन्। उडान संख्या बढ्नुको प्रमुख कारण नै यात्रुको संख्या बढ्नु हो। त्यसमा वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने कारण प्रमुख छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्कनेको चाप बढेको देख्न सकिन्छ। स्वदेश फर्किने क्रममा अधिकांश खाली हात फर्किन चाहँदैनन्। आफ्ना परिवार, आफन्त तथा साथीभाइलगायतका लागि भन्दै अधिकांशले विभिन्न सामान लिएर आउने गर्छन्।

यसरी विदेशबाट नेपाल फर्कनेले केही समान भन्सार छुटमा ल्याउन पाउने छन्। केही सामान भन्सार तिरेर ल्याउन पाउने छन्। तर, काँचो सुन भने भन्सार तिरेर पनि ल्याउन पाइँदैन।

के के ल्याउन पाइन्छ?

- व्यक्तिगत रुपममा प्रयोग गरिएको लुगाफाटा, बरबिछ्यौना र घर गृहस्थीका पुराना सामान

- शारीरिक रुपमा अशक्तहरूले प्रयोग गर्ने वा सहाराको रुपमा प्रयोग गर्ने सामान

- सुनको गहना ५० ग्रामसम्म

- चाँदीको गहना पाँँच सय ग्रामसम्म

-ट्यावलेट वा ल्यापटप वा डेक्सटप कम्युटर, घटी, क्यामेरा, भिडियो क्यामेरा, मोबाइल फोन र पेनड्राइभ

- एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याइएको गहना गुरिया

- बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान

- पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक एक थान

- सात किलोग्रामसम्म खाद्य परिकार

- मदिरा एक लिटरसम्मको बोतल एक

उल्लिखित सामानबाहेक अन्य सामान बढी सङ्ख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार सङ्ख्या बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडिदिन सक्नेछन्।

भन्सार महसुल तिरी थप ल्याउन पाउने सामान

- टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेसिन, पङ्खा, रेडियो, एक एक सेट

- शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान

- घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर) जस्ता  दुई/दुई थान, दश किलोग्रामसम्म खाद्य परिकार

- व्यवसायिक पेशामा लागेका डाक्टर, इन्जिनियर जस्ता यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान


प्रकाशित : सोमबार, भदौ २८ २०७८०६:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend