बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

मंगलबार, चैत १९ २०८१
प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

नेपालको संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकिएको हो।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १९ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend