बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सांसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेसमक्ष लामिछानेको आग्रह

मंगलबार, चैत १९ २०८१
सांसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेसमक्ष लामिछानेको आग्रह

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि संघीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन्। आज सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गरे।

झण्डै दुई महिनाअघि रास्वपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको मागसहित सभामुख घिमिरेसमक्ष निवेदन दिएका थिए। सोही मागलाई स्मरण गराउन आफूहरुले सभामुखसँग भेट गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उक्त भेटमा लामिछानेसहित रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सोविता गौतम, अशोक चौधरी, शिव नेपाली, डा तोसिमा कार्कीलगायत सहभागी थिए।

सांसदलाई मुद्दा पर्नासाथ पद निलम्बन गर्ने अभ्यासप्रति आपत्ति जनाउँदै उनीहरुले यस विषयमा थप छलफलका लागि सभामुख घिमिरेसँग आग्रह गरे।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि संघीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, चैत १९ २०८११४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend