बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हिमालय अर्गनाइजेसनले ल्यायो म्याक्ससको विद्युतीय पिकअप, १० दिनभित्र सार्वजनिक हुने

बुधबार, चैत २० २०८१
हिमालय अर्गनाइजेसनले ल्यायो म्याक्ससको विद्युतीय पिकअप, १० दिनभित्र सार्वजनिक हुने

प्रिमियम सेगमेन्टको म्याक्सस ई टेरोन नाइन विद्युतीय पिकअपमा १ सय २.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ।

काठमाडौं- नयाँ विद्युतीय पिकअप ब्रान्ड नेपाल भित्रिएको छ। चीनको एसएआईसी ग्रुपअन्तर्गतको ब्रान्ड म्याक्ससले उत्पादन गरेको विद्युतीय पिकअप नेपाल आएको हो। 

हिमालय अर्गनाइजेसनले म्याक्ससको विद्युतीय पिकअप ल्याएको हो। केही समयअघि म्याक्ससले हिमालय अर्गनाइजेसनलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। आधिकारिक बिक्रेता नियुक्त भएलगत्तै हिमालय म्याक्ससको विद्युतीय पिकअप आयातको प्रक्रिया सुरु गरेको थियो।

म्याक्ससको विद्युतीय पिकअप ई टेरोन नाइन भन्सार आइपुगेकाले अबको केही दिनभित्र काठमाडौं आइपुग्ने छ। हिमालय अर्गनाइजेसनले उक्त पिकअप अबको १० दिनभित्र नेपाली बजारमा बिक्रीका लागि सार्वजनिक गर्ने तयारी गरेको छ। 

हिमालय अर्गनाइजेसनले यसअघि भारतीय सवारी उत्पादक कम्पनी फोर्सको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा काम गर्दै आइरहेको छ। त्यस्तै यही समूहले पोखरा तथा पश्चिम क्षेत्रका लागि फोर्डको बिक्रेतासमेत रहेर काम गरिरहेको छ। हालै चिनियाँ सवारी कम्पनी दिपलका विद्युतीय कार पोखराका लागि डिलर पनि नियुक्त भइसकेको छ। 

यस्तैमा कम्पनीले चिनियाँ ब्रान्ड म्याक्ससको विद्युतीय पिकअप नेपाल ल्याएको हो। प्रिमियम सेगमेन्टको विद्युतीय पिकअपको बजार विस्तार हुँदै गएकाले हिमालय अर्गनाइजेसन प्रालिले ई टेरोन नाइन ल्याएको हो। म्याक्ससको आईसी इन्जिनयुक्त पिकअप भने यसअघि नै नेपाली बजारमा भित्रिसकेको छ। विशाल ग्रुपअन्तर्गतको कम्पनीले म्याक्ससको पिकअप नेपाल ल्याएर बिक्री गरिरहेको छ। 

एसएआईसी ग्रुप चीनको ठूलोमध्येको एक सवारी उत्पादक समूह हो। यो समूहअन्तर्गत आधा दर्जनभन्दा बढी ब्रान्ड रहेका छन्। यी ब्रान्डले आईसी तथा विद्युतीय सवारी उत्पादन गर्दै आएका छन्। त्यस्तै मध्येको एक ब्रान्ड हो म्याक्सस। 

म्याक्सस ब्रान्ड अन्तर्गत प्यासेन्जर कार, कार्गो सवारी तथा लाइट कमर्सिलय सवारी उत्पादन हुँदै आएका छन्। हिमालय अर्गनाइजेसनले म्याक्ससले उत्पादन गरेको विद्युतीय पिकअप नेपाली बजारमा ल्याएको हो। 

म्याक्सस ई टेरोन नाइन

म्याक्सस ई टेरोन नाइनको लम्बाई ५५ सय एमएम, चौडाई १९ सय ९७ एमएम र उचाई १८ सय ६० एमएम रहेको छ। यो पिकअपको ह्वीलवेस ३३ सय एमएम रहेको छ। 

यो पिकअपले एक पटकको फुल चार्जमा ४ सय ३० किलोमिटर रेन्ज रहेको डब्लूएलटीपी प्रमाणित रहेको छ। 

ई टेरोन नाइनमा एयर इन्डिमेन्डेन्ट सेस्पेन्सन र मल्टिी लिंक रेयर एक्सेल रहेको छ जसले गाडी चलाउँदा निक्कै आनन्द आउनेछ। शक्तिशाली डुअल मोटर र फोर ह्वील ड्राइभ अप्सनमा ई टेरोन नाइन उपलब्ध हुनेछ। 

प्रिमियम सेगमेन्टको म्याक्सस ई टेरोन नाइन विद्युतीय पिकअपमा १ सय २.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। हाइलक्स र रेन्जरभन्दा पनि प्रिमियम दाबी गरिएको यो पिकअपमा रहेको डुअल मोटरको कम्बाइन मोटर पावर ३ सय २५ किलोवाट रहेको छ। 

ई टेरोन नाइनले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै तय गर्न सक्छ। ई टेरोन नाइनमाको पेलोड क्यापासिटी ३.५ टन रहेको छ। १० दिनभित्रमा सार्वजनिक हुने यो विद्युतीय पिकअपको मूल्य १ करोड १० देखि १५ लाख रुपैयाँ मूल्य पर्ने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, चैत २० २०८११०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend