बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सहकारी ठगीमा मुद्दा परेपछि सभापति पदबाट अलग भएका रवि लामिछाने पुन: जिम्मेवारीमा फर्किए

सोमबार, चैत १८ २०८१
सहकारी ठगीमा मुद्दा परेपछि सभापति पदबाट अलग भएका रवि लामिछाने पुन: जिम्मेवारीमा फर्किए

रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

काठमाडौं- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका छन्।

रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। उक्त बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले धन्यवाद ज्ञापन गरे।

त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसिरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ।

सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन/महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ। 

सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए। त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। रासस


प्रकाशित : सोमबार, चैत १८ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend