बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

सोमबार, चैत १८ २०८१
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

विपक्षी दलहरूले सरकारका निर्णयहरूका विषयमा प्रधानमन्त्रीको जबाफ माग गर्दै संसद अवरूद्ध गरेपछि प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन तय भएको हो। प्रधानमन्त्रीले सम्बोधन गरेपछि विपक्षीहरुको अवरोध हट्ने र बैठक सामान्य ढंगले चल्न सक्ने वातावरण तय हुनेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी लगायतका विपक्षी दलहरू बैठक नै बसेर प्रधानमन्त्रीले जबाफ नदिएसम्म सदन चल्न नदिने निर्णय गरेका थिए।

विपक्षी दलहरूसँग छलफलमा नभएको राप्रपाले पनि विरोध जनाउँदै आएको छ। विशेषगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सेवाअवधि चार महिनामात्रै बाँकी हुँदा बर्खास्त गरिएपछि सरकारसँग त्यसको जबाफ माग्दै आएका छन्। यता गत शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको आन्दोलनबाट भएको घटनका विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराउने छन्। 

सरकारले यसअघि ल्याएका ६ वटा प्रतिस्थापन विधेयकमध्ये भूमीसम्बन्धी विधेयक निष्क्रिय गरिसकेको छ। बाँकी पाँचवटा प्रतिस्थापन विधेयक पारित गर्ने समयसिमा आज अन्तिम दिन हो। त्यसकारण पनि  सदनलाई सामान्य ढंगबाट चल्ने परिस्थिती निर्माणका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।  


प्रकाशित : सोमबार, चैत १८ २०८११०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend