शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १७ २०८१
आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

आँबुखैरेनी गाउँपालिका-५ स्थित भकुण्डी-बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो।

तनहुँ- आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ। तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ।

आँबुखैरेनी गाउँपालिका-५ स्थित भकुण्डी-बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो।

ती सडक ९१ लाख ३८ हजार २ सय १२ रुपैयाँ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए।

भकुण्डी-बरालुङबेँसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८ सय २४ रुपैयाँ योगदान गरेका छन्। आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ। 

लाब्दी-घुमाउने सडकमा स्थानीयले  सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए।

यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३ सय ८८ रुपैयाँको लागतमा जारी छ। यो बाटोमा स्थानीयले ५४ हजार ३ सय ८८ रुपैयाँको योगदान गरेका छन्। रासस


प्रकाशित : आइतबार, चैत १७ २०८१११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend