बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'सुजुकी ई भिटारा' भारतमा आगामी साता सार्वजनिक हुने, अटो शोमा नेपाल आउने

आइतबार, चैत १७ २०८१
'सुजुकी ई भिटारा' भारतमा आगामी साता सार्वजनिक हुने, अटो शोमा नेपाल आउने

ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्

काठमाडौं- मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई भिटारा गएको जनवरीमा भएको 'भारत मोबिलिटी एक्स्पो २०२५' मा सार्वजनिक गरेको थियो। उक्त अटो एक्स्पोमा पनि सुजुकीले ई भिटारालाई शोकेसकै रुपमा राखेको थियो। 

अब भने मारुती सुजुकीले भारतमा ई भिटारा औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी साता आफ्नो पहिलो विद्युतीय एसयूभी भारतमा बिक्रीका लागि सार्वजनिक गर्दै छ।  

ई भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ। भारत मोबिलिटी एक्स्पोकै क्रममा मारुती सुजुकीले मार्च महिनाबाट बिक्री सुरु गर्ने बताएको थियो। सुजुकी ई भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

सुजुकीले ई भिटारालाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको थियो। ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ई भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ। 

सुजुकीको नयाँ ईभी टेक्नोलोजी र विशेषताले भरिपूर्ण ई भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलइडी डीआरएल दिएको छ। चार्जिङ पोर्ट भने फ्रन्टमा उपलब्ध रहेको छ। 

ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्। 

मारुती सुजुकी ई भिटाराको लम्बाई ४२ सय ७५ एमएम, चौडाई १८ सय एमएम र उचाई १६ सय ३५ एमएम रहेको छ। यो ईभी २७ सय एमएमको ह्वीलवेसमा बनेको छ। ई भिटारा अल ह्वील ड्राइभमा १९ इन्चको ह्वील छ। सिंगल ह्वील ड्राइभ भर्सनमा भने १८ इन्चको ह्वील रहेको कम्पनीले जनाएको छ। 

टोयोटाको ४० पीएल बर्न इलेक्ट्रिक प्लेटफर्ममा बनेको यो मिडसाइज एसयूभी भारतमा बिक्री सुरु भएको केही महिनामै नेपाली बजारमा पनि बिक्रीको लागि उपलब्ध हुनेछ। आगामी साता भारतमा बिक्रीका लागि सार्वजनिक हुन लागेको ई भिटारा आगामी भदौमा हुने नाडा अटो शोमा नेपाली बजारमा आउने छ। उक्त समयमा बिक्रीकै लागि उपलब्ध हुने अनुमान गरिएको छ। 

सुजुकी ई भिटारा ग्लोबल एनसीएपीमा सुरक्षा टेस्ट पनि गरेको छ। हालसम्म यसबारेमा कम्पनीले कुनै जानकारी गराएको छैन। तर आगामी साता मारुती सुजुकीले ई भिटाराले पाएको ग्लोबल एनसीएपीको स्टार समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ। 

ई भिटाराले भारतीय बजारमा हुन्डाई क्रेटा ईभी, टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, महिन्द्रा एक्सईभी ईनाइनसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। त्यस्तै नेपालमा उल्लेखित मोडलसँगै अन्य चिनियाँ ईभीसँग पनि ई भिटाराले प्रतिस्पर्धा गर्नुपर्ने छ। 


प्रकाशित : आइतबार, चैत १७ २०८११०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend