बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरामा चलिरहेको 'वाडा अटो शो-२०२५' मा टाटाको नयाँ ईभीहरू सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १५ २०८१
पोखरामा चलिरहेको 'वाडा अटो शो-२०२५' मा टाटाको नयाँ ईभीहरू सार्वजनिक

पोखरा- चैत १७ सम्म चल्ने 'वाडा अटो शो-२०२५'को अवसरमा टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ इलेक्ट्रिक गाडी कर्भ.ईभी एसयुभी कूपे र नेक्सन के ३.ईभी सार्वजनिक गरेको छ।

पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सिईओ राजनबाबु श्रेष्ठ, सिओओ राजेश प्रसाद गीरी,  प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमरकेयर (दक्षिण एसिया) हेड रनधीर कुमार चौधरी, र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथन  ले संयुक्त रुपमा नयाँ ईभीहरु सार्वजनिक गरेका छन्। 

नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएशन (वाडा) को संयुक्त आयोजनामा पोखरामा 'वाडा अटो शो-२०२५' को आयोजना भएको हो।

नेक्सन के३.ईभी : नेपाली सडकको लागि अनुकूल

टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०-डिग्री क्यामेरा, १२-इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन्।

यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ। यस गाडीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ।

कर्भ.ईभी : उच्च प्रदर्शन इलेक्ट्रिक एसयुभी कूपे

कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ। जसको टप भेरियन्टको मूल्य रु.५६.९९ लाख रहेको छ।

यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल-ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ-भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ।

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन्।

जारी वाडा अटो शो को स्टिल नम्बर (ए३) मा टाटाका कर्भ.ईभी र नेक्सन के३.ईभी अवलोकनका साथै बुकिङ गर्न सकिने जनाइएको छ।

यसअघि सिप्रदीले पूर्वदेखि पश्चिमसम्म नयाँ ईभीहरु सार्वजनिक गर्दै वाडा अटो शो-२०२५ लाई लक्षित् गर्दै पोखरामा सार्वजनिक गरेको हो। यसरी, नयाँ प्रविधि र सुविधासम्पन्न इलेक्ट्रिक गाडीहरूले नेपाली उपभोक्ताको ध्यान आकर्षित गर्ने अपेक्षा सिप्रदी ट्रेडिङले गरेको छ।


प्रकाशित : शुक्रबार, चैत १५ २०८१११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend