बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतले बिजुली दिन थालेसँगै उद्योगमा हट्यो १२ घण्टे लोडसेडिङ, बिहीबारदेखि सबै उद्योगमा निरन्तर आपूर्ति

शुक्रबार, चैत १५ २०८१
भारतले बिजुली दिन थालेसँगै उद्योगमा हट्यो १२ घण्टे लोडसेडिङ, बिहीबारदेखि सबै उद्योगमा निरन्तर आपूर्ति

ऊर्जा मन्त्रालयका अनुसार सोलार आवर बाहेक राति ११ बजेदेखि ४ बजेसम्म अब आवश्यक ६ सय मेगावाट बिजुली पठाउने सहमति भारतले गरेको थियो।

काठमाडौं- भारतले रातको समयमा पनि पाँच घण्टा विद्युत दिने थालेसँगै उद्योगमा पनि २४ सै घण्टा विद्युत आपूर्ति सुरू भएको छ।  

इण्डियन इनर्जी एक्सजेञ्जबाट रातको समयमा थप ६ सय मेगावाट विद्युत दिन सुरुवातसँगै उद्योगमा जारी १२ घन्टाको लोडसेडिङ बिहीबार राति देखिनै हटेको छ। बिहीबार देखिनै भारतले बिजुली दिन थालेपनि शुक्रबार उद्योगमा नेपाल विद्युत प्राधिकरणले सूचना पठाउँदै साँझ बेलुका ५ देखि ११ बजेसम्म भने धेरै लोड नपर्ने लाइट मात्रै प्रयोग गर्न र अन्य समयमा पूर्ण रुपमा बिजुली चलाउन सबै उद्योगमा सूचना पठाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ५ घण्टा विद्युत दिने सहमति जनाएको थियो। थप ६ सय मेगावाट विद्युत आएसँगै अब उद्योगमा पनि लोडसेडिङ कम गर्न सकिने जनाइएको छ।

ऊर्जा मन्त्रालयका अनुसार सोलार आवर बाहेक राति ११ बजेदेखि ४ बजेसम्म अब आवश्यक ६ सय मेगावाट बिजुली पठाउने सहमति भारतले गरेको थियो।

रातको समयमा बिजुली आउँदा पिक आवरलाई राहत हुनेछ। राति पिकिङ प्लान्टमा पानी जम्मा गरेर पिक आवरमा बिजुली निकालेर उद्योग र घरमा लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाटसोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो।

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो। तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै उद्योगमा जारी १२ घन्टाको लोडेसेडिङ पनि हटेको छ।


प्रकाशित : शुक्रबार, चैत १५ २०८११०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend