बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रातको समयमा थप ६०० मेगावाट विद्युत दिन भारत सहमत, उद्योगमा पनि हट्नेछ लोडसेडिङ

बिहीबार , चैत १४ २०८१
रातको समयमा थप ६०० मेगावाट विद्युत दिन भारत सहमत, उद्योगमा पनि हट्नेछ लोडसेडिङ

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो।

काठमाडौं- भारतले रातको समयमा पनि पाँच घण्टा विद्युत दिने भएको छ। इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृति दिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कुटनीतिक पहलमा भारतले थप ५ घण्टा विद्युत दिने सहमति जनाएको हो। थप ६ सय मेगावाट विद्युत आएसँगै अब उद्योगमा पनि लोडसेडिङ कम गर्न सकिने जनाइएको छ। 

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार सोलार आवरबाहेक राति ११ बजेदेखि ४ बजेसम्म अब आवश्यक ६ सय मेगावाट बिजुली पठाउने सहमति भारतले गरेको छ। अप्रिल १ देखि उक्त बिजुली आउन सुरु हुनेसमेत आचार्यले जानकारी दिए।

रातको समयमा बिजुली आउँदा पिक आवरलाई राहत हुनेछ। राति पिकिङ प्लान्टमा पानी जम्मा गरेर पिक आवरमा पिकिङ प्लान्टको बिजुली निकालेर उद्योग र घरमा लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो।

नेपालमा सुक्खायाममा हुने विद्युत समस्याको समाधानका लागि भारत सरकारसँग थप विद्युत माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए। उनले भने 'नेपाली जनतालाई २४सै घण्टा विद्युत दिन सरकार प्रतिबद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो , हल्लाको पछि कोही पनि नलागौँ।'

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो। तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो।


प्रकाशित : बिहीबार , चैत १४ २०८११७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend