बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इटहरीको आगलागीमा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार, आगो नियन्त्रणको प्रयास जारी

बुधबार, चैत १३ २०८१
इटहरीको आगलागीमा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार, आगो नियन्त्रणको प्रयास जारी

बिहान ९:४५ बजे देखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

इटहरी- इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाबाट ११ जनाको उद्धार गरिएको छ। बिहानैदेखि लागेको आगोमा भवनभित्र फसेका उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

बिहान ९:४५ बजेदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलका अनुसार ११ जनाको उद्धार भएको र भित्र फसेका अन्यलाई निकाल्ने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा सम्पूर्ण शक्ति परिचालन गरिएको वडा अध्यक्ष पोखरेलले बताए।

भवन अग्लो र ठूलो भएकाले आगो नियन्त्रणमा ढिलाइ भएको उनको भनाइ छ।

९ तले प्लाजाको पाँचौ तल्लाबाट आगो सल्किएर आगलागी भएको हो। बरण्डा होटेलले परिचित प्लाजामा दुईवटा सिनेमा हल छन्।

अझैसम्म इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।


प्रकाशित : बुधबार, चैत १३ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend