बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, होटेल बरण्डा र सिनेमा हलमा क्षति

बुधबार, चैत १३ २०८१
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, होटेल बरण्डा र सिनेमा हलमा क्षति

इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

इटहरी- इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ। बिहान ९:४५ बजे देखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

९ तले प्लाजाको पाँचौ तलाबाट आगो सल्किएर आगलागी भएको हो। इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

बरण्डा होटेलले परिचित प्लाजामा दुईवटा सिनेमा हल छन्। 

central plaza ithari.jpg

सनराइज बैंक, भिभो मोबाइलको सर्भिस सेन्टरलगायत विभिन्न पसलहरू प्लाजामा सञ्चालित छन्।

इटहरीमा यस्ता आगजनी हरेक वर्षजसो हुने गरेका छन्।


प्रकाशित : बुधबार, चैत १३ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend