बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

काठमाडौं- सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

बिहीबार गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ। हाल मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी दर्ता छन्। रासस


प्रकाशित : बिहीबार , माघ २० २०७८१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend