शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
म्यानपावर कम्पनी वर्गीकरण गरिँदै
images
images

काठमाडौं- सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो।

images
images
images

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

images
images

बिहीबार गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ। हाल मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी दर्ता छन्। रासस

images
images


प्रकाशित : बिहीबार , माघ २० २०७८१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend